काठमाडौं– ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको बस दुर्घटनामा घाइते भएका ८ जनाकाे कांग्रेस सांसद् रामहरी खतिवडाको पहलमा हेलिकप्टर मार्फत उद्दार गरिएको छ। सिन्धुलीको फिक्कल गाउँपालिका–४ कुईभिरमा आइतबार बिहान बस दुर्घटना भएको थियो। दुर्घटनामा परी तीन महिला र तीन पुरुषको मृत्यु भएको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालकाअनुसार दुर्घटनामा ज्यान गुमाउनेमा ओखलढुङगाको सिद्धिचरण नगरपालिका–३ का ३२ वर्षीय पेशल भुजेल, मानेभञ्ज्याङ गाउँपालिका–६ का २४ वर्षीय देवबहादुर सार्की र उदयपुरको कटारी नगरपालिका–२ का ३४ वर्षीया कुमारी मगर रहेका छन् । अन्य मृतकको सनाखत हुन सकेको छैन ।
बसमा चालकसहित ३६ यात्रु सवार थिए । १६ जना घाइतेलाई उपचारका लागि काठमाडौं लगिएको सिलवालले जानकारी दिए । १६ जना मध्ये ८ जनालाई हेलिकप्टरमा तथा आठ जनालाई एम्बुलेन्समार्फत उपचारका लागि काठमाडौं लगिएको हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।