आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

स्ववियु निर्वाचनको मुखैमा नेविसंघमा तमासा

स्ववियु निर्वाचनको मुखैमा नेविसंघमा तमासा

  • मिडिया डबली
  • शुक्रवार, फाल्गुण १९ २०७९

  • 3.6K
    SHARES

  • स्ववियु निर्वाचनको मुखैमा नेविसंघमा तमासा

    काठमाडौं– स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको पूर्वसन्ध्यामा नेपाली कांग्रेसको सशक्त भ्रातृसंगठन नेविसंघमा तमासा देखिएको छ । संघभित्र दुई पक्षबीच को बलियो भन्ने किचलोले सधैं रडाको मच्चिने गरेको छ । 

    स्ववयिु निर्वाचनको विषयलाई लिएर बिहीबार त्रिभुवन विश्वविद्यालयमा नेविसंघका दुई समूहबीच झडप भएको छ । चैत ५ गते हुने स्ववियु निर्वाचनमा कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा बसेको बैठक संस्थापन र इतरपक्षबीच झडप भएको हो । 

    झपडमा परी नेविसंघका निवर्तमान केन्द्रीय कोषाध्यक्ष शिव रिमाल गम्भीर घाइते भएका छन् । हाल उनको अस्पतालमा उपचार भइरहेको छ ।

    उम्मेदवार छनोट गर्ने विषयमा अध्यक्ष दुजाङ शेर्पाले गुण्डा पठाएर आफूहरूमाथि आक्रमण गरेको उनीहरूको आरोप छ । इतरपक्षका नेताहरूले अध्यक्ष भएर त्यस्तो कार्य गर्नु खेदजनक भएको उनीहरूको भनाइ छ । त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका विभिन्न समूह सक्रिय थिए । 

    त्यसपछि नेविसंघ केन्द्रीय कार्यालयले नेविसंघको कुनै पनि आधिकारिक समूह नरहेको भन्दै विज्ञप्ति जारी गरेका थिए । प्रतिनिधिमार्फत नेविसंघका गतिविधिहरू सञ्चालन हुने बताएका थिए । सोही आधारमा त्रिविमा नेविसंघले केन्द्रीय प्रतिनिधि खटाएर आफ्ना गतिविधि गर्दै आएको थियो । आफ्नो समूहका नेता कुटिएको विरोधमा बिहीबार नै नेविसंघको एउटा पक्षले त्रिविमा तोडफोड गरेको थियो ।

    अहिले पनि नेविसंघमा समानान्तर संगठन क्रियाशील छ । संस्थापन र इतर नेविसंघका नेताहरु अहिलेसम्म मिल्न सकेका छैनन् । स्ववियुमा एमाले अखिल निकै बलियो छ । यतिबेला जुटेर र एकढिक्का भएर अघि बढ्नुपर्नेमा आफ्नै संगठनभित्र मारामारको स्थितिले स्ववियु चुनावमा नेविसंघलाई धेरै असर गर्ने देखिएको छ । 

    नेविसंघले अहिलेसम्म कुन क्याम्पसमा कसलाई उम्मेदवार उठाउने भनेर छलफलसमेत सुरु गर्न सकेको छैन । नेविसंघ कार्यसमितिले पूर्णता नपाउँदा पनि स्ववियु चुनावमा त्यसको प्रत्यक्ष असर गर्ने देखिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र २ २०७७११:०२:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend