काठमाडौं - चर्चित पत्रकार ऋषि धमलासँग नाम जोडेर विवादमा आएकी शर्मिला वाइबाले विष पिएर आत्महत्याको प्रयास गरेकी छन् ।
बुधबार राति महाराजगन्जस्थित आफ्नै निवासमा उनले विष खाएको काठमाडौं प्रहरीले जनाएको छ । अहिले उनको उपचार वीर अस्पतालको सघन उपचार कक्ष (आइसियू) मा उपचार भइरहेको छ । उनले विष पिउनुको कारण खुलेको छैन ।
बोल्न सक्ने अवस्थामा भए पनि उनले बताउन नमानेको प्रहरीको भनाइ छ । आफूलाई सामाजिक अभियन्ता बताउने शर्मिला युट्युबलगायत सामाजिक सञ्जालमा अन्टसन्ट बोलेर चर्चामा आएकी थिइन् ।
उनले धमलासँग आफ्नो आर्थिक कारोबार रहेको बताउँदै आएकी छन् । फेसबुकमा भने उनले धमला पत्नी एलिजा गौतमको उछितो काढ्ने गरेकी छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।