आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

एनआईसी एशिया बैंकमा शून्य ब्यालेन्समै ८४ लाखको बीमा, यस्तो छ प्रक्रिया

एनआईसी एशिया बैंकमा शून्य ब्यालेन्समै ८४ लाखको बीमा, यस्तो छ प्रक्रिया

  • मिडिया डबली
  • मंगलवार, फाल्गुण ९ २०७९

  • 2.2K
    SHARES

  • एनआईसी एशिया बैंकमा शून्य ब्यालेन्समै ८४ लाखको बीमा, यस्तो छ प्रक्रिया

    काठमाडौं - तपाईं पक्कै पनि जीवन बिमाबारे जानकार हुनुहुन्छ । धेरैले त बिमा गर्नुभएको पनि होला । आफ्नो जीवनको बिमाका लागि महिनामा कति खर्च गर्नुहुन्छ ? स्किमअनुसार वर्षमा हजारौं रकम तिर्नुपर्छ ।

    बैंक र इन्स्योरेन्स कम्पनीहरूले हजारदेखि करोडसम्म बिमा स्किम ल्याएर मासिक रकम उठाइरहेका छन् । तर, तपाईंलाई थाहा छ, एनआईसी एशिया बैंकमा एक खाता खोलेकै भरमा ८४ लाख रुपैयाँसम्मको बिमा रकम पाइन्छ ।

    त्यो पनि शून्य ब्यालेन्समा । तर, शून्य ब्यालेन्समै कसरी ? शून्य ब्यालेन्समा ८४ लाखको बिमा सुविधा पाउन भने सानो प्रक्रिया पूरा गर्नुपर्छ । त्यो सुविधा पाउन एनआईसी एशिया बैंकको सर्वश्रेष्ठ एम्बेसडर बचत खाता खोलेको व्यक्तिले यो स्किममा जोड्नुपर्छ ।

    सर्वश्रेष्ठ बचत खाता खोल्ने व्यक्तिले थप तीन जनालाई आफ्नो खातामा जोड्न सक्छन् । खातावालाले जोडेका तीन जनाको खाता बैंकमा खोल्नु पर्छ । बैंकमा पहिले नै खाता छ भने पनि त्यही खातामा जोड्न सकिन्छ ।

    पहिलो खाता खोल्ने व्यक्तिले सर्वश्रेष्ठ बचत खातामा एक लाख रुपैयाँ न्यूनतम ब्यालेन्स राख्नुपर्छ तर त्यसपछि आफ्नो खातामा जोडिने तीन जनाको खातामा भने शून्य ब्यालेन्स भए पनि फरक पर्दैन ।

    यसअनुसार पहिलो खाता खोल्ने एक जना र नयाँ जोडिने तीन गरी चार जनाले यो बिमा सुविधामा सहभागी हुन पाउँछन् । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशनकुमार न्यौपानेले एनआईसी एशिया बैंकले उपलब्ध गराएको सर्वश्रेष्ठ बचत खाता नेपाली बैंकिङ क्षेत्रकै उत्कृष्ट खाता भएको बताए ।

    ‘हामीले बैंकिङ क्षेत्रमा विशेष अध्ययन गरेर यो खाता ल्याएका हौं,’ न्यौपानेले भने, ‘यो खातामा ग्राहकले ८४ लाखको बिमादेखि सहुलियत कर्जा, ५ वर्षका लागि निःशुल्क सेवाहरू लगायतका थुप्रै सेवा पाउन सक्नुहुन्छ ।’

    यस्तो छ ८४ लाखसम्मको बिमा सुविधा

    बैंकले सर्वश्रेष्ठ गुडबिल एम्बेसडरमा ८४ लाख रुपैयाँसम्मको बिमा सुविधा उपलब्ध गराएको छ । यो खाता खोल्ने ग्राहकले थप तीन जनालाई यो खातामा जोड्न सक्छन् ।

    यसरी खातामा जोडिएका तीनजनाले पनि ८४ लाख रुपैयाँको सुविधा पाउँछन् । यो बिमा सुविधा पाँच वर्षसम्म उपलब्ध हुनेछ । गुडबिल एम्बेसडर खातामा ८४ लाख रुपैयाँको बिमा सुविधा उपलब्ध छ ।

    जसमध्ये ४० लाखसम्मको दुर्घटना बिमा, ४० लाखसम्मको घातक रोग बिमा र ४ लाखसम्मको औषधि उपचार बिमा पाउने छन् ।

    औषधि उपचार बिमामध्ये अस्पताल भर्ना हुने बिरामीले ३ लाख २० हजार रुपैयाँसम्म र ओपीडी उपचारका लागि ८० हजार रुपैयाँसम्म पाउँछन् ।

    यसरी खोल्न सकिन्छ सर्वश्रेष्ठ बचत खाता

    गुडबिल एम्बेसडर खाता खोल्न न्यूनतम ब्यालेन्स १ लाख रुपैयाँ हुनुपर्छ । सबै किसिमको सुविधा र फाइदाहरू एम्बेसडरमा रहेका छन् ।

    बैंकले हिसाब गरेअनुसार गुडबिल एम्बेसडरमा खाता खोल्ने ग्राहकले पाउने प्रतिफल ३३९ प्रतिशतसम्म हुने बैंकले जनाएको छ । सर्वश्रेष्ठ एम्बेसडर बचत खाता अहिलेसम्मकै उत्कृष्ट सुविधा सहितको खाता भएको एनआईसी एशिया बैंकले जनाएको छ ।

    आजभोलि बैंकमा खाता खोल्नु भनेको त्यसबाट आउने ब्याजमात्र नभएर बिमा, सहुलियत ऋण र अन्य सुविधाहरूका लागि पनि हो । सबै बैंकले भने यस्ता सुविधा दिन सकेका छैनन् ।

    बजारमा रहेका वाणिज्य बैंकहरूले बचत खातामा दिने सुविधालाई अध्ययन गरी एनआईसी एशिया बैंकले सर्वश्रेष्ठ बचत खाता ल्याएको छ ।

    सर्वश्रेष्ठ बचत खातामा विभिन्न प्रकारका २४ सुविधाहरू रहेका छन् । तीमध्ये बिमासम्बन्धी तीन, कर्जासम्बन्धी तीन र अन्य १८ वटा सुविधाहरू छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, कार्तिक १७ २०७९०४:२५:०६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend