आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

उपेन्द्र यादवको संसद् छिर्ने दाउ, प्रचण्डले बनाइदिँदैछन् सजिलो

उपेन्द्र यादवको संसद् छिर्ने दाउ, प्रचण्डले बनाइदिँदैछन् सजिलो

  • मिडिया डबली
  • सोमवार, फाल्गुण ८ २०७९

  • 5.7K
    SHARES

  • उपेन्द्र यादवको संसद् छिर्ने दाउ, प्रचण्डले बनाइदिँदैछन् सजिलो

    काठमाडौं  -जसपा अध्यक्ष उपेन्द्र यादव १५ वर्षपछि संसद् बाहिर रहनुपर्दा निकै तनावमा छन् ।

    अझै मंसिर ४ गते सम्पन्न निर्वाचनमा पार्टीले राम्रो सिट ल्याउन नसकेपछि उनी बाहिर त्यति खुलेर बोल्न सकिरहेका छैनन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन गरे पनि उनको दल सरकारमा सामेल छैन ।

    बाहिरै रहेर पनि उनी दिनहुँ प्रधानमन्त्री प्रचण्डसँग भेट गरिरहन्छन् । सरकारमा सामेल नभएको जसपाले पनि राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्नुपर्ने अडान लिएको छ। राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गरेर उपराष्ट्रपतिमा जसपालाई दिने योजनामा प्रचण्ड रहेको बताइन्छ।

    जसपालाई सत्ता गठबन्धनमा ल्याएर कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपासहितको गठबन्धन बनाउने उनको योजना रहेको माओवादीनिकट एक नेताको भनाइ छ। यही संकेत बुझेर जसपाले उपराष्ट्रपति आफैंले पाउनुपर्ने दाबी गर्दै आएको छ।

    जसपा केन्द्रीय कार्यसमितिको आइतबारको बैठकले यस्तो निर्णय गरेको हो। पहिले पाँचदलीय गठबन्धनमा सामेल भएर सरकारमा सहभागी, निर्वाचनमा एमालेसँग चुनावी तालमेल, प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन तर सरकारमा नगई बाहिर बस्नुको कारण जसपा अध्यक्ष यादव नै रहेको बताइन्छ ।

    सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष डा.सिके राउतसँग पराजित भएपछि उपेन्द्र अहिले कसरी संसद् छिर्ने भन्ने ध्याउन्नमा छन् । यदि प्रचण्डले जसपालाई उपराष्ट्रपति दिएमा त्यसमा बारा ३ का सांसद रामसहायप्रसाद यादवलाई बनाउने उपेन्द्रको योजना छ ।

    रामसहायप्रसाद उपराष्ट्रपति बनेमा उनको सांसद पद रिक्त हुन्छ । निर्वाचन क्षेत्र रिक्त भएपछि उपचुनाव गराएर गठबन्धनको बलमा सांसद बन्ने उपेन्द्रको योजना रहेको उनी निकटस्थ स्रोतले बतायो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख १६ २०७९०२:५०:३५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend