काठमाडौं– बालाजुस्थित माछापोखरीमा प्रहरि गाडीमा आगजनी गर्ने र ल्होत्से मलमा लुटपाटमा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले घटनामा संलग्न थप २३ जनालाई पक्राउ गरेको हो ।
हालसम्म गाडी आगजनी गरेको आरोपमा पक्राउ पर्नेको संख्या २९ पुगेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सिताराम रिजालले बताए। पक्राउ पर्नेमा लमजुङ घर भएका गणेशकुमार श्रेष्ठ, कास्की घर भएका विक्रम नेपाली, गोरखाका आकाश भुजेल, कास्कीका सुमन श्रेष्ठ, नुवाकोटका सुमन लामा, गोरखाका विजय मगर र नुवाकोट शिवपुरी घर भएका रन्जित कुमार तामाङ छन् ।
तार्केश्वर घर भएका संगिता खड्गी, नुवाकोटका रवि तामाङ, कैलालीको प्रकाश क्षेत्री, धादिङका ईलाराज गुरुङ, सिन्धुली घर भएका इन्द्र तामाङ र काठमाडौँ घर भएका माधव शाहीलाई पक्राउ गरिएको एसपी रिजालले जानकारी दिए ।
उदयपुरका राजन रावत, काभ्रेका शरण तामाङ, काभ्रेकै सुजन मगर, बालाजु घर भएका रोमन नगरकोटी, नुवाकोटका सुनील कालिकोटे, नुवाकोटकै सुदिप तामाङ, धादिङका विकास गुरुङ, चितवनका संविधान परियार, नुवाकोटका केश राई र तार्केश्वर घर भएका कविन खड्गीलाई प्रहरीले पक्राउ गरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।