काठमाडौं– यती एयरलाइन्सको नाइन एन–एएनसी एटीआर–७२ जहाज दुर्घटनाबारे छानविन समितिले प्रारम्भिक रिपोर्ट सार्वजनिक गरेको छ। उक्त जहाज गतमाघ १ गते बिहान १० बजेर ५१ मिनेटमा पोखरा सेती खोचमा दुर्टघनाग्रस्त भएको थियो। जसमा चालक दलका चारसहित ७२ जनाको मृत्यु भएको थियो।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पर्याप्त अध्ययन नगरी सञ्चालनमा ल्याउँदा दुर्घटना भएको हुनसक्ने आयोगको प्रारम्भिक निष्कर्ष छ ।आयोगले वृहत अध्ययन गरेपछि मात्रै रनवे १२ बाट अवतरण गर्न सुझाव दिएको छ ।
गत माघ १ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा यती एयरलाइन्सको विमान दुर्घटना भएपछि सरकारले जाँच बुझ आयोग गठन गरेको थियो ।
आयोगले तीन विषयमा केन्द्रित रहेर अध्ययन गर्ने जनाएको छ। दुर्घटनाको सम्भावित कारणका रुपमा लिइएका तिनै तीन विषयमा रहेर अध्ययन हुने जनाइएको छ। सोही तीन विषयमा अब थप अनुसन्धानसहित पूर्ण रिपोर्ट आउने आयोगको भनाइ छ।
बेस लेगमा दुवै इन्जिनका प्रोपेलर फेदरमा समस्या देखिएकाले यसमै केन्द्रित रहेर थप अध्ययन हुने आयोगका सदस्यसचिव वुद्धिसागर लामिछानेले बताएका छन्। दोस्रोमा मानवीय कारणको खोजी हुने उनले बताए। यस्तै रनवे १२ मा भिजियुल एप्रोचका बारेमा पनि अध्ययन हुने प्रारम्भिक रिपोर्टमा उल्लेख गरिएको छ।
आयोगले आशंका गरेको मुख्य विषय प्रोपेलर फेदर अवस्थाको बारेमा अध्ययन गर्ने उल्लेख गरेको छ। एटीआर विमान निर्माता कम्पनीको नौ सदस्यीय विज्ञ टोली नेपालका आएका थिए। उनीहरूले निर्माता कम्पनीलाई नै उक्त प्रतिवेदन बुझाउने छन्।
ती एयरलाइन्सको विमान स्टल ९ढुंगा जसरी झ्याप्पै खसेको० भएको जाँचबुझ आयोगले प्रारम्भिक निष्कर्ष निकालेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।