बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

जनयुद्ध दिवसको विदा बारे गगनले भने–अत्ति भो! 

जनयुद्ध दिवसको विदा बारे गगनले भने–अत्ति भो! 

  • मिडिया डबली
  • सोमवार, फाल्गुण १ २०७९

  • 3.4K
    SHARES

  • जनयुद्ध दिवसको विदा बारे गगनले भने–अत्ति भो! 
    फाइल तस्बिर

    काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पछिल्लो समय कार्यकारी प्रमुखको तजबिजमा सार्वजनिक विदा दिने क्रम अत्यन्तै बढेको बताएका छन् ।

    सोमबार सामाजिक सञ्जालमार्फत उनले संघीय सरकारदेखि प्रदेश सरकारसम्म कार्यकारी प्रमुखले स्वेच्छाचारी रुपमा बिदा दिएको र यसमा अराजकता देखिएको बताएका हुन् ।


    ‘कहिले लहडमा, कहिले भावावेगमा, कहिले सत्ता जोड घटाउमा, कहिले कसैलाई चित्त बुझाउन त कहिले आफ्नो राजनीतिक स्वार्थको लागि’, उनले भने, ‘झन् प्रदेश र स्थानीय तहमा त पार्टीका कार्यक्रम र पारिवारिक विषयमा समेत सजिलै बिदा घोषणा गरेका उदाहरण छन् । यो नितान्त कार्यकारीको स्वेच्छाचारी मनोविज्ञानको उपज हो । सार्वजनिक बिदाका नाममा यो अराजकता अति भयो !’

    बिदामा कार्यकारी प्रमुखले गरेको स्वेच्छाचारिता रोक्ने काम व्यवस्थापिकाको हुनुपर्ने थापाले बताए । ‘यो विषयमा छुट्टै कानुन बनाएर नियमन र व्यवस्थित गर्दा मात्र यो रोक्न सकिन्छ । न्युजिल्यान्ड, जापान लगायत विश्वका थुप्रै देशहरूमा सार्वजनिक बिदा सम्बन्धी कानुन छ, त्यसैका आधारमा बिदा तय गरिन्छ । नेपालमा पनि कानुन बनाएर नियमन नगर्ने हो भने यस्तो स्वेच्छाचारिता झन् बढ्दै जाने निश्चित छ’ उनले भने ।


    नेपालमा पनि सार्वजनिक बिदालाई निश्चित गर्न र कुनै पनि तहको सरकारले स्वेच्छाचारी ढङ्गबाट बिदा दिन नपाउने गरी ऐन बनाउन सरकारलाई दबाव बढाउनुपर्ने महामन्त्री थापाले बताए । यस्तो कानुन बनाउन कांग्रेसले पहलकदमी लिने उनले बताए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, फाल्गुण १ २०८१०८:०२:४४

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend