आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

रामहरीले संसद्मा उठाए जनजिविकाका मुद्दा 

रामहरीले संसद्मा उठाए जनजिविकाका मुद्दा 

  • मिडिया डबली
  • आइतवार, माघ २९ २०७९

  • 2.5K
    SHARES

  • रामहरीले संसद्मा उठाए जनजिविकाका मुद्दा 

    काठमाडौं- नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सरकारले प्रत्येक पालिकामा कालोपत्रे सडक पुर्‍याउने उद्देश्य लिए पनि अहिलेसम्म प्रतिबद्धता बमोजिम काम हुन नसकेको बताएका छन् । उनले ओखलढुंगाका स्थानीय तहमा नै कालोपत्रे सडक नपुगेको भन्दै कहाँ कस्तो अवस्था छ भन्नेबारे भौतिक पुर्वाधारमन्त्रीले जवाफ दिनुपर्ने माग गरे ।

    प्रतिनिधिसभाको आइतबारको बैठकमा शून्य समयमा बोल्दै सांसद खतिवडाले भने, ‘सरकारले प्रत्येक गाउँपालिकामा कालोपत्रे सडक पुर्‍याउने भनेको छ । तर, ओखलढुंगामा त पुगेको छैन, अन्यत्र के कसो छ? कहिलेसम्म पुर्‍याउने हो? यसबारे मन्त्रीज्यूले जवाफ दिनुपर्‍यो ।’

    उनले भुकम्पपीडितहरूले घर निर्माणवापत् पाउनुपर्ने अनुदान रकम वितरणमा समेत ढिलासुस्ती भइरहेको बताए । ‘भुकम्पपीडितहरूले घर त बनाइसके, तर तीन लाख रुपैयाँ पाउने भनेको अहिलेसम्म पाएका छैनन्, त्यो कहिले पाउने हो?,’ उनको प्रश्न छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, पौष १६ २०७८१०:५५:४८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend