आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

विवेकशील साझा सिध्याएका रवीन्द्र मिश्रलाई महाधिवेशनमै बाइकट, तैपनि दिए शुभकामना

विवेकशील साझा सिध्याएका रवीन्द्र मिश्रलाई महाधिवेशनमै बाइकट, तैपनि दिए शुभकामना

  • मिडिया डबली
  • शुक्रवार, माघ २७ २०७९

  • 2.4K
    SHARES

  • विवेकशील साझा सिध्याएका रवीन्द्र मिश्रलाई महाधिवेशनमै बाइकट, तैपनि दिए शुभकामना

    काठमाडौं- विवेकशील साझाको प्रथम महाधिवेशनको प्रथम महाधिवेशन शुक्रबारदेखि सुरु हुँदैछ । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान १० बजे महाधिवेशन उद्घाटन हुनेछ । उद्घाटन सत्रमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, एकीकृत समाजवादीका नेता घनश्याम भुसाल, जनमत पार्टीका अध्यक्ष सिके राउतलगायत विभिन्न दलका नेतालाई निमन्त्रणा गरिएको छ। 

    हाल विवेकशील साझाको अध्यक्ष समीक्षा बाँस्कोटा छिन्। यसअघि पार्टीबाट निस्काशित भएका मिलन पाण्डे गत प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेका थिए। पाण्डे पुनः पार्टीमा फर्किएका छन्। उनले भावी नेतृत्वको दाबी गरिरहेका छन्। अध्यक्ष पदमा पाण्डे, बाँस्कोटालगायतको नाम चर्चामा छ।

    कार्यक्रममा देशभरबाट करिब पाँच सय प्रतिनिधि सहभागी हुने अनुमान गरिएको छ। आज उद्घाटन कार्यक्रम र बन्दसत्र हुने र भोलि पार्टीको नयाँ नेतृत्व चयन प्रक्रिया सम्पन्न गरिने छ। 

    पार्टीभित्रको विवादका कारण लामो समय ओझेल परेको विवेकशील साझा तत्कालीन साझा पार्टीका अध्यक्ष र विवेकशीलसँगको एकतापछिका संयोजक एवं अध्यक्ष रवीन्द्र मिश्र राप्रपामा प्रवेश गरेपछि यो पार्टी गुमनाम जस्तै भएको थियो। सोही कारण मिश्रलाई महाधिवेशनमा समेत आमन्त्रण गरिएन । कतिसम्म भने मिश्रको पार्टी राप्रपा र एमालेका नेतालाई पनि बोलाइएको छैन । उज्ज्वल थापा, रञ्जु दर्शना, मिलन पाण्डेलगायतले अघि बढाएको विवेकशील साझालाई मिश्रले नै डुबाएका थिए ।

    आफूलाई महाधिवेशनमा निमन्त्रणा नगरिए पनि मिश्रले विवेकशील साझाको प्रथम महाधिवेशनको सफलताका लागि शुभकामना दिएका छन् । ‘विवेकशील साझाको प्रथम महाधिवेशनको सफलताका लागि शुभकामना व्यक्त गर्दछु। मेरो ‘मार्ग परिवर्तन’ ले पार्टीका समस्यालाई थप जटिल बनाए पनि ती जटिलतासँग संयमताका साथ जुध्दै पार्टीलाई सम्हालेर अगाडि लैजाने साथीहरूलाई नमन । हाम्रो ‘विचार’ मा अन्तर भए नि ‘नियत’ मा अन्तर छैन भन्नेमा विश्वस्त छु,’ मिश्रले शुक्रबार बिहान सामाजिक सञ्जालमा लेखेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, श्रावण ११ २०७८१०:२३:४२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend