काठमाडौं – विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले आफू सरकारमा पुग्नासाथ अहिलेका शीर्ष नेताहरू केपी शर्मा ओली, प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जेल हाल्ने योजना सुनाएका छन् ।
पार्टीले काठमाडौंमा आयोजना गरेको विरोध सभामा बोल्दै अध्यक्ष मिश्रले शीर्ष नेताहरूलाई जेल हाल्ने योजना सुनाएका हुन् ।
नेता मिश्रले अब बालुवाटारमा बस्ने ओलीका धेरै दिन नभएको टिप्पणी समेत गरेका छन् ।
अध्यक्ष मिश्रले आफूहरू सरकारको नेतृत्वमा पुग्नासाथ अहिलेका दलका नेताहरूले गरेका अपराधको आरोपमा सर्वोच्च र अख्तियारबाटै नख्खु जेलमा पुर्याउने चेतावनी दिएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।