आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

आफ्ना विश्वास पात्रले छाड्दै गएपछि साझा पार्टीका रवीन्द्र मिश्र एक्लिँदै

आफ्ना विश्वास पात्रले छाड्दै गएपछि साझा पार्टीका रवीन्द्र मिश्र एक्लिँदै

  • मिडिया डबली
  • शुक्रवार, आश्विन २३ २०७७

  • 7.6K
    SHARES

  • आफ्ना विश्वास पात्रले छाड्दै गएपछि साझा पार्टीका रवीन्द्र मिश्र एक्लिँदै

    काठमाडौं - अघिल्लो निर्वाचनताका पत्रकारिता छाडेर राजनीतिमा लाग्दा रवीन्द्र मिश्रको क्रेज निकै थियो । वैकल्पिक राजनीतिक शक्ति बनाउने घोषणासहित राजनीतिमा उनी उत्रिएपछि देशविदेशबाट धेरै ठूलो सहयोग आउन थाल्यो ।

    त्यसपछि मिश्र निकै उत्साहित बने । विदेशमा बस्दै आएका शिक्षित युवायुवतीको मिश्रको साझा पार्टीलाई निकै सहयोग रह्यो । मिश्र पनि हौसिएर काठमाडौं १ बाट प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहसँग प्रतिस्पर्धामा उत्रिए ।

    उनले सिंहलाई आच्छु आच्छु पनि बनाए । साझा पार्टीबाटै किशोर थापा काठमाडौंको मेयर उठे । उनले पनि २० हजारभन्दा बढी मत ल्याए ।

    निर्वाचनताका साझालाई नेपाली कांग्रेसको विकल्पका रूपमा प्रचार गर्न थालियो । तर, यो तीन वर्षको अवधिमा साझा पार्टी संगठन नै जोगाउन नसक्ने अवस्थामा आइपुगेको छ ।

    एकपछि अर्का प्रभावशाली नेताले रवीन्द्र मिश्रलाई छाड्दै गएका छन् । बीचमा साझा पार्टीले विवेकशील नेपाली दलसँग मिलेर चुनाव लड्यो । उज्ज्वल थापा र मिश्र संयोजक बने । तर, पछि दुवै आ–आफ्नो बाटो लागे ।

    मिश्रको साझा पार्टीबाट वैचारिक निर्माण गर्ने सूर्यप्रकाश आचार्य, मुमाराम खनालले मिश्रलाई छाडे । त्यसको केही समयपछि साझाका केन्द्रीय सदस्यद्वय मानवी पौडेल र सिद्धि अर्यालले पनि साझा पार्टीलाई बाई बाई गरेका छन् । अब मिश्रसँग केही कांग्रेसबाट गएका असन्तुष्ट मात्र बाँकी छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, चैत्र १ २०७८०१:१९:४१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend