काठमाडौं - रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझाले आज हुँदै गरेको राष्ट्रिय सभा निर्वाचनमा मतदान नगर्ने भएको छ ।
उसले ‘नो भोट’ लागू गर्न सर्बोच्च अदालतको निर्देशनात्मक आदेश कार्यान्वयन गर्न मागसमेत गरेको छ । निर्वाचनमा विवेकशील साझा पार्टीले आफ्नो उम्मेदवार खडा गरेको छैन । सो पार्टीका तीनजना प्रदेशसभा सदस्य मतदाताका रूपमा रहेका छन्।
चुनावी मैदानमा प्रतिस्पर्धारत खिमलाल देवकोटा, रामबहादुर थापा बादल र कृष्णबहादुर तामाङ तीनैजना उम्मेदवारबाट राष्ट्रिय सभामा आफूले अपेक्षा गरेको भूमिका निर्वाह हुनेछ भन्नेमा आश्वस्त हुन नसकेकाले विवेकशील साझाले निर्वाचन प्रक्रियामा सामेल नहुने निर्णय गरेको हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।