आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कमल थापाकै लाइनमा रविन्द्र मिश्र, संघीयता खारेजीमा एकमत

कमल थापाकै लाइनमा रविन्द्र मिश्र, संघीयता खारेजीमा एकमत

  • मिडिया डबली
  • सोमवार, श्रावण ११ २०७८

  • 5.1K
    SHARES

  • कमल थापाकै लाइनमा रविन्द्र मिश्र, संघीयता खारेजीमा एकमत

    काठमाडौं – विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले संघीयता खारेज गर्नुपर्ने र धर्मनिरपेक्षताबारे जनमत संग्रह गर्नुपर्ने सार्वजनिक प्रस्ताव गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापा खुसी भएका छन् ।

    अध्यक्ष मिश्रले राजनीतिक प्रस्ताव सार्वजनिक गर्दै संघीयता खारेजीको स्पष्ट अडान राखेका छन् । यसअघि राप्रपा अध्यक्ष थापाले यी माग राख्दै आएका थिए ।

    आफ्ना माग र मुद्दा अरु दल र व्यक्तिले समेत उठाएकोमा थापाले खुसी व्यक्त गरेका छन् ।

    थापाले सोमबार सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘संघीयताको खारेजी, धर्मनिरपेक्षताबारे जनमत संग्रह र राजसंस्था पुनःस्थापनाका सम्बन्धमा विभिन्न पक्षबाट उठिरहेको आवाज सकारात्मक छ । विगतमा राप्रपा एक्लैले उठाउँदै आएको एजेण्डाको पक्षमा जनमत बढ्दै जानु र ती विषयमा राष्ट्रिय बहस हुनु राप्रपाको सफलता हो । हामी सही बाटोमा छौं, प्रमाणित हुँदैछ ।’

    अध्यक्ष थापाले सोमबार लामो राजनीतिक प्रतिवेदन सार्वजनिक गर्दै संघीयता खारेजीको माग गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, कार्तिक १७ २०७७०५:३५:०४

    कमल थापा

    लेखक रास्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री हुन् ।
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend