आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

राजावादीको शान्तिपूर्ण आन्दोलनलाई सम्मान गर्नुपर्छ : रवीन्द्र मिश्र

राजावादीको शान्तिपूर्ण आन्दोलनलाई सम्मान गर्नुपर्छ : रवीन्द्र मिश्र

  • मिडिया डबली
  • बुधवार, मंसिर २४ २०७७

  • 6.1K
    SHARES

  • राजावादीको शान्तिपूर्ण आन्दोलनलाई सम्मान गर्नुपर्छ : रवीन्द्र मिश्र

    काठमाडौं – नवगठित साझा विवेकशील पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले देशका विभिन्न ठाउँमा राजतन्त्रको पक्षमा भइरहेका शान्तिपूर्ण आन्दोलनलाई सम्मान गर्नुपर्ने बताएका छन् ।

    साझा पार्टी र विवेकशील नेपाली दलबीच एकता घोषणा कार्यक्रममा मिश्रले संवैधानिक अधिकारको प्रयोग गरेर भएका शान्तिपूर्ण आन्दोलनलाई सम्मान गर्नुपर्ने बताए ।

    ‘दृष्टिकोण मिले पनि नमिले पनि शान्तिपूर्ण रूपमा हुने आन्दोलनलाई सम्मान गर्नुपर्छ । दुईतिहाइ मत ल्याएर सर्वशक्तिमान बनेको सरकारले राम्रोसँग काम गरिदिएको भए आज सडकमा कोही पनि निस्किनुपर्ने थिएन,’ मिश्रले भने ।

    राजावादीको आन्दोलनलाई ‘प्रतिगमन सल्बलाएको’ भनेर पन्छाउन नमिल्ने उनले बताए । गणतन्त्रवादीको भ्रष्ट चरित्र र नालायकीपनले गर्दा जनताको असन्तुष्टि सडकमा पोखिएको मिश्रले बताए ।

    राजतन्त्र लगायत कैयौं विषयमा आफ्नो पार्टीभित्र फरक–फरक मत रहेको र त्यसलाई महाधिवेशनमार्फत टुंगो लगाइने उनले बताए । उनले थपे, ‘पक्ष र विपक्षमा साथीहरू हुनुहुन्छ । बहस र छलफल हुन्छन् । उदार लोकतन्त्रमा, बहुलवादी लोकतन्त्रमा विश्वास गर्ने हो भने सबै दृष्टिकोणलाई सम्मान गर्नुपर्छ ।’

    साझा र विवेकशील पार्टीबीच बुधबार एकता भएर विवेकशील साझा पार्टी निर्माण भएको छ । पार्टीमा मिश्र अध्यक्ष र मिलन पाण्डे संयोजक छन् । कोरोनाका कारण एकताको घोषणा भर्चुअल माध्यमबाट भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, चैत्र १ २०७८०१:१९:४१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend