काठमाडौं– सशस्त्र प्रहरी बलले ४ जना वरिष्ठ उपरीक्षक (एसएसपी) लाई सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदमा मा बढुवा गर्न सिफारिस गरेको छ।
सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम १ को ख अनुसार बुधवार बसेको बढुवा समितिको बैठकले ४ जना एसएसपीलाई डीआइजीमा बढुवा गर्नका लागि सिफारिस गरेको हो।
सशस्त्रको साधारण समूह साधारण उपसमूहतर्फ ४ जना डीआईजीको पद रिक्त छ।
बढुवा समितिका सदस्य सचिव सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) नारायणदत्त पौडेलका अनुसार रिक्त सो पदमा सुरेशकुमार श्रेष्ठ, अन्जनी कुमार पोखरेल, दीपेन्द्र शाह र पुरुषोत्तम थापालाई बढुवा सिफारिस गरिएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।