काठमाडौं- नेपाल विद्यार्थी संघको शेखर–गगन पक्षधरले बर्दियामा जिल्ला अध्यक्ष तोकेको छ ।
संघका अध्यक्ष दुजाङ शेर्पाले संस्थापनबाट जिल्ला अध्यक्ष तोक्न लागेपछि त्यसभन्दा अघि नै इतर पक्षले अर्को व्यक्ति चयन गरेको छ ।
शेखर गगन पक्षले नेविसंघको बर्दिया जिल्ला अध्यक्षमा नगेन्द्र हमाललाई तोकेको छ । संस्थापन पक्षले गरेका निर्णय विरुद्ध समानान्तर समिति बनाउने क्रम शेखर–गगन पक्षले सुरु गरेको छ ।
अध्यक्ष शेर्पाले आफूखुसी चयन गरिएको जिल्ला समितिलाई मान्यता नदिने बताए। जिल्ला र क्याम्पस संयोजकमा अध्यक्ष शेर्पाले एकलौटी निर्णय गरेको भन्दै अर्को पक्ष विरोधमा उत्रिएको छ ।
हालसम्म ३३ जिल्ला र ५२ क्याम्पसमा नयाँ कार्यसमिति बनेको शेर्पाले जानकारी दिए । संस्थापन पक्षले एकतर्फी गरेको निर्णयलाई अस्वीकार गर्ने शेखर–गगन पक्षका विद्यार्थी नेताहरुले बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।