बुटवल- नेपाली कांग्रेसकाे भातृसंस्था नेपाली विद्यार्थी संघ (नेविसंघ) रुपन्देहीमा समानन्तर समिति गठन भएको छ ।
संस्थापन पक्षबाट सन्दीप पाण्डेलाई संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले मनोनयन गरेको भोलिपल्ट संस्थापन ईतर समूहले शम्सेर खड्कालाई सभापति चयन गरेको हो ।
संस्थापन पक्षका केन्द्रीय अध्यक्ष शेर्पाले पाण्डेलाई सभापतिमा चयन गर्दै ३ महिना भित्र जिल्ला अधिबेशन गर्ने जिम्मेवारी दिएका थिए ।
केन्द्रीय अध्यक्षको मनोनयन अस्वीकार गर्दै संस्थापन इतरका विद्यार्थी नेताहरुको भेलाले लम्बिनी ईन्जिनियरिङ कलेज नेवि संघ ईकाई पुर्व सभापति खड्कालाई सभापतिमा सर्वसम्मत चयन गरेको नेपाली कांग्रेस रुपन्देहीका उपसभापति थानेश्वर घिमिरेले जानकारी दिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।