आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

केपी ओलीले लुकाएको रहस्य पर्दाफास गर्नेलाई कारवाही नगर्न नेविसंघको खबरदारी

केपी ओलीले लुकाएको रहस्य पर्दाफास गर्नेलाई कारवाही नगर्न नेविसंघको खबरदारी

  • मिडिया डबली
  • मंगलवार, मंसिर २३ २०७७

  • 4.9K
    SHARES

  • केपी ओलीले लुकाएको रहस्य पर्दाफास गर्नेलाई कारवाही नगर्न नेविसंघको खबरदारी

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले झण्डै २ वर्षसम्म निवासमै लुकाएर राखेको उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन छाप्ने संस्थालाई कारबाही गर्ने निर्णय तत्काल फिर्ता लिन प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले माग गरेको छ ।

    नेविसंघका महामन्त्री बलदेव तिम्सिनाले प्रेस विज्ञप्ति जारी गर्दै प्रतिवेदन छाप्ने राष्ट्रिय अभियान (एनसीई) नेपाल र ग्लोबल एक्सन नेपालसँग सम्बन्धविच्छेद र कारबाही सिफारिस गर्ने निर्णय अविलम्ब फिर्ता लिन खबरदारी गरेका छन् ।

    विज्ञप्तिमा भनिएको छ, ‘शिक्षामन्त्रीको अध्यक्षतामा गठित उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले २१ महिनाअघि प्रधानमन्त्रीसमक्ष पेश गरेको प्रतिवेदन आयोगका १३ सदस्यको निर्णय र स्वीकृतिमा संविधानपदत्त सूचनाको हकअन्तर्गत सार्वजनिक बहस एबं सार्वजनिक शिक्षा सुदृढीकरणमा थप टेवा पुर्‍याउने उद्देश्यले प्रकाशित गराउने संस्थालाई नै कारवाही गर्ने भन्ने सरकारी निर्णयप्रति नेपाल विद्यार्थी संघको गम्भीर ध्यानाकर्षण भएको छ ।’

    नेविसंघले लामो समयसम्म प्रतिवेदन लुकाउने र प्रतिवेदन माथिको अत्यावश्यक बहस रोक्ने पक्षलाई कारबाहीको दायरामा ल्यानुपर्नेमा असल नियतले पुस्तक छाप्ने संस्थालाई दोषारोपण गर्ने कार्य भएको पनि ठहर गरेको छ ।

    नेविसंघले शिक्षा मन्त्रालय आफ्नो निर्णयबाट पछि नहटे सशक्त प्रतिरोधमा उत्रिने समेत चेतावनी समेत दिएको छ । शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले आईतवार विज्ञप्ति जारी गर्दै २ संस्थालाई कारबाही गर्ने जनाएका थिए ।

    विज्ञप्तिमा अनधिकृत रूपमा मन्त्रालयको नाम र नेपाल सरकारको निशान छाप प्रयोग गर्नुका साथै सरकारको प्रतिलिपि अधिकारको समेत उल्लंघन गरिएको उल्लेख गरिएको छ । आयोगले २०७५ सालमा बुझाएको प्रतिवेदन सरकारले गोप्य राखेपछि आयोगका बहुमत सदस्यहरूले शुक्रवार सार्वजनिक गरेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend