आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

नेविसंघले गर्‍यो सामुदायिक अस्पतालमा रक्तदान

नेविसंघले गर्‍यो सामुदायिक अस्पतालमा रक्तदान

  • मिडिया डबली
  • बुधवार, पौष १५ २०७७

  • 4.6K
    SHARES

  • नेविसंघले गर्‍यो सामुदायिक अस्पतालमा रक्तदान

    काठमाडौं – नेपाल विद्यार्थी संघ (नेविसंघ) ओखलढुंगाद्वारा राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रम युनाइटेड मिसन टू नेपाल ओखलढुंगा सामुदायिक अस्पतालमा सम्पन्न भएको छ ।

    कार्यक्रममा नेपाली कांग्रेसका प्रभावशाली युवा नेता रामहरि खतिवडा, नेपाली कांग्रेस जिल्ला पार्टी सभापति प्रदीप सुनुवार, उपसभापति तेजेन्द्र खनाल, सचिव रुद्र अधिकारी, नेता अशोक कार्की, समन्वय समिति सदस्य सुन्तला परियार, वडाध्यक्ष विनोद केसी र नेविसंघ पूर्व उपाध्यक्ष नवीन राई लगायत नेताहरू उपस्थित थिए । 

    नेविसंघ ओखलढुंगाका अध्यक्ष रोशन महतराले बीपीले मेलमिलापको नारा लिएर नेपाल आएको दिन कांग्रेसले राष्ट्रिय मेलमिलाप दिवस मनाउँदै आएको बताए । नेविसंघ ओखलढुंगाका विद्यार्थीको हकहितसँगै सामाजिक सेवामा सधै तल्लिन रहने समेत उनले बताए ।

    केन्द्रको निर्देशनमा ७७ वटै जिल्लामा नै कार्यक्रम हुने भएकाले ओखलढुंगामा समेत भएको उनले बताए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend