आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
आजको विशेष

आयल निगम अगाडी घन्कियो ‘नाफा–घाटा जान्दैनौँ, मूल्य वृद्धि मान्दैनौँ’

आयल निगम अगाडी घन्कियो ‘नाफा–घाटा जान्दैनौँ, मूल्य वृद्धि मान्दैनौँ’

  • मिडिया डबली
  • आइतवार, आषाढ २८ २०७७

  • 8.4K
    SHARES

  • आयल निगम अगाडी घन्कियो  ‘नाफा–घाटा जान्दैनौँ, मूल्य वृद्धि मान्दैनौँ’

    काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ नेविसंघले पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध प्रदर्शन गरेको छ। ‘नाफा–घाटा जान्दैनौँ, मूल्य वृद्धि मान्दैनौँ’ भन्दै नेविसंघले आइतबार काठमाडौंको बबरमहलमा प्रदर्शन गरेका हुन्।

    अध्यक्ष राजिव ढुंगानाको नेतृत्वमा नेविसंघले बबरमहलस्थित नेपाल आयल निगमको कार्यालय अगाडि प्रदर्शन गरेका हुन्। उनीहरुले निगमको कार्यालय घेराउ गरी नारा लगाएका हुन्।

    सरकारले लगातार पेट्रोलियम पदार्थको मूल्य बढाउँदा सर्वसाधारण जनता मारमा परेकाले तत्काल मूल्यवृद्धि फिर्ता लिनुपर्ने उनीहरुको माग छ।

    चार दिनअघि मूल्यवृद्धि घटाउनुपर्ने माग राख्दै बुझाइएको ज्ञापनपत्रको सुनुवाइ नभएकाले आयल निगम घेरा गर्दै एक घण्टा धर्नामा बसेको नेविसंघका महामन्त्री दीपक भट्टराईले जानकारी दिए ।

    उनले माग सुनुवाइ नभए नेविसंघ थप सशक्त आन्दोलन गर्न बाध्य हुनेसमेत चेतावनी दिए । अर्का महामन्त्री युवराज पाण्डेले विपतको समयमा जनतालाई राहत, सहुलियत र सहयोग गर्नुपर्नेमा सरकारले पेट्रोलियम पदार्थमा बारम्बार मूल्यवृद्धि गरेर जनताको ढाड सेक्ने काम गरिरहेको आरोप लगाए ।

    उनले कमिसन र भ्रष्टाचारमा डुबेको सरकारलाई सचेत गराउन जनदबाब निर्माण गर्ने उद्देश्यले आयल निगम घेराउ गरिएको बताए । नेविसंघले आयल निगमभित्र भइरहेको अनियमितताको छानबिन गरिनुपर्ने, विभिन्न शीर्षकमा उठाइने गरेको रकमको पारदर्शिता र औचित्य पुष्टि गर्नुपर्ने र स्वचालित मूल्य प्रणालीअनुसार मात्रै पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नुपर्ने माग राख्दै आएको छ ।

    सरकारले पछिल्लो पटक शुक्रबार पेट्रोलियम पदार्थको मूल्य बढाएर पेट्रोलको प्रतिलिटर १०२ तथा डिजेल र मट्टीतेल प्रतिलिटर ८८ रुपैयाँ तोकेको छ।

    nebisangh22.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend