काठमाडौँ- नेपाल विद्यार्थी संघ कास्कीले बिहीबार बर्तमान शैक्षिक अवस्था, विद्यार्थी शुल्क र भर्नाबारे पोखरा महानगरको शिक्षा महाशाखालाई ज्ञापन पत्र बुझाउँदै तिन दिने अल्टिमेटम दिइएको छ ।
विद्यार्थीहरुसंग शुल्क उठाउने शैक्षिक संस्थाहरुलाई तत्काल कारबाही गर्न माग गर्दै बिहिबार ज्ञापन पत्र बुझाएको नेबिसंघ कास्कीका विद्यार्थी नेता बिपिन पौडेलले बताएका छन् ।
नेविसंघ कास्कीका नि बर्तमान सभापति बिकास थापाले पोखरा महानगरमा विभिन्न निजी बिधालयले कोरोना महामारीका बीच पनि विद्यार्थीहरुको भर्ना शुल्क, अन्लाईन पठनपाठन शुल्क लगायतका बिषयमा अभिभावकलाई दिनहुँ फोन गरेर दबाब दिएर शुल्क मागेको र उठाइरहेको हुँदा हामी शैक्षिक संस्थाको विरुद्धमा लागेका बताए।
धनी र गरिब विद्यार्थी छुट्याइने खालको कुनै पनि शैक्षिक गतिविधि पनि हामीलाई मान्य नहुने भन्दै विद्यार्थीसंग उठाएको रकम पनि विद्यालयले तत्काल फिर्ता गर्न माग गरेका छन्।
विद्यार्थीको भबिष्य सुनिश्चितका लागि हाम्रा मागहरु ३ दिनमा सुनुवाइ नभए शिक्षा महाशाखा र जिल्ला शिक्षा कार्यालयमा तालाबन्दी गर्ने जानकारी दिएका छन् ।
यस्ता छन् मागहरु
१) शुल्क उठाउने र भर्ना प्रक्रिया अघि बढाउने शैक्षिक संस्थाको अनुगमन गरेर तत्काल कारबाहीको लागि पत्र काट्ने
२) भर्ना लगायत अन्य बहानामा शुल्क उठाइसकेका शैक्षिक संस्थालाई उक्त रकम तत्काल अभिभावकलाई फिर्ता गर्न लगाउने
३) धनी र गरिब छुट्याउने खालको शैक्षिक गतिविधि मौलाएको कारण यसलाई तत्काल रोक्न सरोकारवाला छलफल गरेर राज्यको स्पष्ट निति बनाउने
४) शिक्षा मन्त्रालयको निर्देशन अवज्ञा गर्ने शैक्षिक संस्थाको तत्काल लाइसेन्स खारेजी गर्ने
उक्त कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता तथा नेविसंघ कास्कीका पुर्ब उपसभापति मेख तामाङ, नेविसंघका नि बर्तमान केन्द्रीय सदस्य गोपाल गुरुङ, नेविसंघ कास्कीका नि बर्तमान सभापति बिकास थापा, जनप्रिय क्याम्पसका स्ववियु सभापति आसिक गुरुङ, नेविसंघ कास्कीका नि बर्तमान सचिब राजेन्द्र क्षेत्री, कास्की ३ का नि बर्तमान सभापति महादेब गिरि नेविसंघ पे.क. का सभापति टेनिस श्रेष्ठ, नेविसंघ विद्यार्थी नेता बिपिन पौडेल, अर्जुन सापकोटा र अर्जुन अधिकारीको लगाएतका नेताहरुको उपस्थिति रहेको थियो।


मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।