काठमाडौं- नेपाली कांग्रेसको भातृसंस्था नेपाल विद्यार्थी संघमा विवाद देखिएकाे छ। नेविसंघमा संस्थापन र इतर समूहबीचको स्वार्थगत विवाद देखिएकाे हाे।
संघका अध्यक्ष दुजाङ शेर्पाले एकलौटी रूपमा जिल्ला तथा क्याम्पस समिति गठन गरेको भन्दै इतर समूहनिकट विद्यार्थी नेताहरूले विरोध गरेका छन् ।
मंगलबार महाधिवेशन पक्षरधर समूहका नाममा विज्ञप्ति जारी गर्दै उनीहरूले उक्त निर्णयहरू बदर गरेर विधिवत् अधिवेशनको वातावरण बनाउन माग गरेका छन् ।
`नेपाल विद्याथी संघको विधान २०२७ को सातौँ संशोधन, २०७५ को धारा ३१, ३४ र २०७८ फाल्गुण ३ गतेको नेपाली कांग्रेस कार्यसम्पादन समितिको निर्णयको समेत प्रतिकूल हुने गरी विभिन्न जिल्ला कमिटीहरू र क्याम्पस कमिटीहरूमा एकपक्षीय र गुटगत रूपमा गठन गरिएका नियुक्तिहरू पूर्णतया विधानविपरीत भएकाले तत्काल नियुक्ति बदर गर्न र सो स्थानहरूमा विधिवत् रूपमा प्रतिनिधि खटाई अधिवेशनको वातावरण तयार गर्न ध्यानाकर्षण गर्दछौँ,´विज्ञप्तिमा उल्लेख छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।