काठमाडौं– नेपाली कांग्रेस युवा नेता तथा बागमती प्रदेशसभा सदस्य मीनकृष्ण महर्जन जनगुनासो सम्बोधन गर्न गाउँ–टोलमा व्यस्त बनेका छन्। गत निर्वाचनमा उनी शानदार मतका साथ निर्वाचित भएका थिए।
महर्जनमाथी ललितपुर–१ का जनताले निकै आशा र भरोसा गरेका छन्। दोस्रो कर्णालीको रुपमा हेरिएको दक्षिण ललितपुरलाई नेता महर्जनले आफु जनप्रतिनिधि हुनुभन्दा पहिलै देखि बागमती प्रदेश र केन्द्रिय सरकार मार्फत अधिकांश गाउँ–टोलमा बिकास निर्माणका लागि बजेट विनियोजन गराउन भूमिका खेलेका थिए।
ललितपुर जिल्लाका जनता होस् वा आफनै पार्टीका कार्यकर्ताहरुको कुनै समस्या पर्दा उनीहरुले महर्जनलाई सम्झिने गर्छन् । ललितपुर–१ अधिकांश जनता कृषिमा निर्भर छन्। जनताको सहजताका लागि कान्तिलोक पथ निर्माण हुनुपर्ने देखिन्छ।
ललितपुर–१ का जनताले सदरमुकाममा ल्याएर दुध, तरकारी विक्रि गर्ने गरेका छन्। त्यसका लागि पनि कान्ति लोकपथको निर्णय हुन आवश्यक देखिन्छ। नेता महर्जन सातदोबाटो, चापागाउँ हुदै हेटौंडा जाने कान्तिलोकपथ निर्माण गर्न अहोरात्र लागि परेका छन्। ललितपुर–१ को संकृति र सम्पदा जोगाउन पनि महर्जन उत्तिकै सक्रिय बनेका छन्।
नेता महर्जनको काम देखेर नेपाली कांग्रेसका शिर्ष नेताहरु समेत प्रभावित भएका छन्। कार्यकर्ताको संरक्षण गर्न माहिर मानिने नेपाली कांग्रेस प्रभावशाली नेता स्वर्गीय खुमबहादुर खड्काका बिश्वासिला पात्र मानिने महर्जनमा खुमबहादुर खड्काको जस्तै गुण रहेको आम कार्यकार्ताहरुको बुझाइरहेको छ। उनी करातेका पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा राष्ट्रिय खेलकुद परिषद्का पूर्व कोषाध्यक्ष समेत हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।