काठमाडौं - वर्तमान सरकार लाचार भएपछि संसद् भवनअघि आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यका दुई सन्तानलाई कांग्रेस नेता मोहनबहादुर बस्नेतले पढाइदिने घोषणा गरेका छन् ।
पूर्वसञ्चारमन्त्री तथा सिन्धुपाल्चोक २ का प्रतिनिधिसभा सदस्य बस्नेतले आइतबार आचार्यका परिवारलाई सिनामंगलमा भेटेर सान्त्वना दिँदै दुई छोरीको पठनपाठनको जिम्मा आफूले लिने बताएका हुन् ।
कांग्रेसका प्रभावशाली नेता बस्नेतले आचार्यकी श्रीमतीलाई रोजगारीको व्यवस्था मिलाउने र छोराछोरीलाई पठनपाठनको जिम्मा आफूले लिएको बताए ।
‘स्व. आचार्यको परिवारलाई सरकारका गृहमन्त्रीले भेटे पनि आचार्यका परिवारले राखेका माग पूरा गर्न सरकारले कुनै ध्यान नदिएपछि मैले रोजगारी र पठनपाठन गरिदिने निर्णय गरेको हुँ’, पूर्वमन्त्री बस्नेतले भने ।
बस्नेतले दीनदुःखी र बेसहारालाई सहयोग गर्दै आएका छन् । भूकम्पपीडित र कोरोनाका बेला सहाराविहीन भएका धेरैलाई बस्नेतले आर्थिक सहयोग गरेका थिए ।
आचार्यका छोराछोरीलाई उच्च शिक्षासम्मको अध्ययनको व्यवस्था गराउन नेपाली कांग्रेस सिन्धुपाल्चोकका नेता एवं अरनिको यातायात सेवा समितिको अध्यक्ष केदार क्षेत्रीलेसमेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।