बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

स्याङ्जालीले खाइदिए पाइलटको जागिर! 

स्याङ्जालीले खाइदिए पाइलटको जागिर! 

  • मिडिया डबली
  • मंगलवार, माघ १० २०७९

  • 5.9K
    SHARES

  • स्याङ्जालीले खाइदिए पाइलटको जागिर! 

    काठमाडौं– खेल मैदानमा हेलिकप्टर अवतरण गर्ने प्रभुका पाइलट रनेश डंगोललाई नागरिक उड्डयन प्राधिकरणले निलम्बित गर्ने निर्णय गरेको छ। 

    माघ ५ गते स्याङ्जाको वालिङस्थित खेल मैदानमा खेल चलिरहको अवस्थामा डंगोलले हेलिकप्टर ल्यान्ड गराएका थिए। खेल चलिरहेको अवस्थामा बिनाअनुमति हेलिकप्टर अवतरण गरेको ठहर गर्दै पाइलट डंगोललाई कारबाही गरिएको प्रधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए। 

    उनले अहिले पाइलट डंगोल घाइते भएपछि आराम गरिरहेको हुँदा ठिक भएपछि अनुसन्धानको काम सुरू गर्ने जनाए। डंगोल उक्त घटनामा स्थानीयको कुटाइबाट घाइते भएका थिए र आजैमात्र पाइलट डंगोलमाथि कुटपिटमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। 

    माघ ५ गते दिउँसो साढे २ बजेतिर प्रभुको हेलिकप्टरमा पाइलट डंगोल तीन जना यात्रु लिएर पोखराबाट वालिङका लागि उडेका थिए। सोही क्रममा हेलिकप्टर वालिङस्थित खेल मैदानमा खेल भइरहेकै अवस्थामा अवतरण गरेको थियो। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, माघ १० २०७९०६:२०:४६

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend