बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

सुदुरपश्चिममा एमालेको सरकार ढल्न सक्ने, यस्तो छ स्थिती

सुदुरपश्चिममा एमालेको सरकार ढल्न सक्ने, यस्तो छ स्थिती

  • मिडिया डबली
  • आइतवार, माघ ८ २०७९

  • 3.8K
    SHARES

  • सुदुरपश्चिममा एमालेको सरकार ढल्न सक्ने, यस्तो छ स्थिती

    काठमाडौं– नागरिक उन्मुक्ति पार्टीको अडानका कारण सुदूरपश्चिम प्रदेश सरकार समस्यामा परेको छ। मुख्यमन्त्री राजेन्द्रसिंह रावललाई विश्वासको मत जुटाउन सकस परेको हो।

    सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीको रिहाइको मुद्दालाई ‘बटम लाइन’ बनाएर गठबन्धनमाथि ब्यापक दबाब दिएको छ। माग सम्बोधन नभए सरकारलाई दिएको समर्थन फिर्ता लिनेसम्मकै चेतावनी दिएर नागरिक उन्मुक्तिले रेशम रिहाइको मुद्दालाई चर्काइरहेको हो।

    मुख्यमन्त्री नियुक्ति भएको एक महिनाभित्र प्रदेश सभामा बहुमत सांसदको विश्वास रहेको देखाउनु पर्ने संवैधानिक व्यवस्था छ।

    २७ पुसमा नेकपा एमालेका संसदीय दलका नेता राजेन्द्रसिंह रावल माओवादी, राप्रपा र नागरिक उन्मुक्तिको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए। माघ २७ भित्र मुख्यमन्त्री रावलले प्रदेश सभामा बहुमत सिद्ध गर्न सक्नु पर्छ। तर नागरिक उन्मुक्ति पार्टीको अडानले मुख्यमन्त्री रावललाई विश्वासको मत जुटाउन सकस परेको हो।


    नागरिक उन्मुक्ति पार्टीको अडानले नेकपा एमाले झस्किएको छ। विश्वासको मतको वातावरण बनाउन मुख्यमन्त्री रावलसहित प्रदेशका सत्तारुढ गठबन्धनका शीर्ष नेता संघीय राजधानी काठमाडौंमा छन्। उनीहरुले काठमाडौंमा शीर्ष नेतृत्वलाई भेटेर विश्वासको अनुकुल वातावरण बनाउन पहल गरिरहेका छन्।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ ३१ २०८००३:५९:२२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend