काठमाडौं - सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। हिजो शनिबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा उनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। उनले आफूलाई कोरोना पोजेटिभ देखिएको फेसबुकमा लेखेर सबैलाई जानकारी दिएका छन्।
उनलाई अहिले पखला लाग्ने, ज्वोरो आउने जाने समस्या छ। लगातार पखला चलेपछि उनले कोरोना परीक्षणका लागि स्वाब दिएका थिए। ‘कोभिड–१९ संक्रमणमा परियो। छिटो पराजित गरेर सामान्य जीवनमा फर्किने विश्वास साथ, निकट सम्पर्कमा रहेका मित्रहरुलाई स्वास्थ परीक्षण गरेर आइसोलेसनमा रहन अनुरोध छ’ मन्त्री शाहले फेसबुकमा लेखेका छन्। उनी अहिले होम आइसोलेसनमा छन्। त्यस्तै उनकी श्रीमती र सवारी चालकलाई पनि कोरोना पोजेटिभ देखिएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।