काठमाडौं – नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले निहुँ खोजेर सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री भट्टले विश्वासको मत लिने निर्णय गरेका छन् ।
एमाले पार्टी केन्द्रले समर्थन फिर्ता लिएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भोलि सोमबार प्रदेश सभाबाट विश्वासको मत लिने निर्णय गरेका हुन् ।
एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले भने सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको थियो । संसदीय दलमा नेता भीम रावल पक्षका सांसदको बाहुल्यता रहेकाले ओलीको निर्णय कार्यान्वयन हुन सकेन ।
मुख्यमन्त्री भट्टले विश्वासको मत लिनबारे आईतबार प्रदेशसभा सचिवालयमा पत्र दर्ता भएको छ । सरकारले आज सोमबार विश्वासको मत लिन खोजेको तर नेपाली कांग्रेसले विरोध गरेपछि भोलिका लागि सरेको नेपाली कांग्रेस संसदीय दलका नेता रणबहादुर रावलले जानकारी दिए ।
जेठ १० गते एमाले स्थायी कमिटी बैठकले नेकपा माओवादी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।