काठमाडौं – नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघलाई पूर्णता दिने तयारी गरेको छ। कांग्रेसले पार्टीको केन्द्रीय समिति अघि नै नेविसंघलाई पूर्णता दिने तयारी गरेको हो । पार्टीको केन्द्रीय समितिको बैठक १५ माघदेखि बोलाइएको छ ।
प्रमुख तीन भ्रातृ संस्था नेविसंघ, तरुण दल र महिला संघ मध्ये विद्यार्थी संगठनलाई अरुभन्दा छिटो पूर्णता दिन लागिएको हो । आसन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई ध्यानमा राखेर नेविसंघको कार्यसमिति अरु भन्दा छिटो गठन गर्न लागिएको हो ।
पूर्ण कार्यसमिति छिटो ल्याउँदा आसन्न स्ववियु चुनावमा संघले लाभ लिनसक्ने आशा नेविसंघ अध्यक्ष दुजाङ शेर्पाको छ । सभापति शेरबहादुर देउवाले अघिल्लो साता तीन भ्रातृ संस्थाका अध्यक्षलाई निवासमा डाकेर कार्यसमिति छिटो ल्याउन निर्देशन दिएका थिए । नेविसंघका दुजाङ शेर्पा, तरुण दलका विद्धान गुरुङ र महिला संघकी अध्यक्ष उषा राउत मिश्रले पार्टी भित्र अन्य नेताहरुसँग पनि छलफल गरेका छन् ।
नयाँ कार्यसमिति ‘प्लेन समिति’ बनाउनेमा शीर्ष तहमा सहमति जुटेको छ । त्यसअनुसार अध्यक्ष र केन्द्रीय सदस्यहरु मात्रै रहेको समिति गठन हुनेछ ।
दुबै पक्षबाट संकलित नामहरु सभापति देउवालाई बुझाएपछि पूर्ण कार्यसमिति सहितको सूची सार्वजनिक हुनेछ । नेविसंघको तदर्थ समिति उमेर हद कायम राखेर ३२ वर्ष मुनिबाट बनाउने नेताहरुको दाबी छ । पार्टीको संरचनामा पदीय भूमिकामा रहेकाले तदर्थ समितिमा स्थान नपाउने भएका छन् ।
ठूलो आकारको समिति बनाउँदा संगठन भित्र झनै भाँडभैलो हुने आशंका नेताहरुमा छ । जम्बो संगठन हुँदा स्ववियु निर्वाचनमा आफ्नै संगठनलाई हराउने विद्यार्थी नेताहरु लाग्ने भय छ ।
संघको तदर्थ समितिमा स्थान दिने नामहरु संकलन दुबै पक्षले गरिरहेका छन् । संस्थापन पक्षबाट सहमहामन्त्री किशोरसिंह राठोरले संघका अध्यक्ष शेर्पालाई सघाइरहेका छन् । शेखर पक्षबाट नेविसंघका पूर्व नेताहरु केशव सिंह, रञ्जित कर्ण, मनोजमणि आचार्य लगायतले आफ्नो पक्षबाट सहभागी गराउने नामका बारेमा छलफल गरिरहेका छन् ।
नेविसंघको तदर्थ समिति उमेर हद कायम राखेर ३२ वर्ष मुनिबाट बनाउने नेताहरुको दाबी छ । पार्टीको संरचनामा पदीय भूमिकामा रहेकाले तदर्थ समितिमा स्थान नपाउने भएका छन् । शेर्पाका अनुसार सबै जिल्लाबाट सहभागिता हुने गरी नयाँ कार्यसमिति गठन हुनेछ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।