आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

माधव नेपालको पार्टीको नौटंकी, प्रचण्डलाई विश्वासको मत दिने, प्रतिपक्षमा बस्ने

माधव नेपालको पार्टीको नौटंकी, प्रचण्डलाई विश्वासको मत दिने, प्रतिपक्षमा बस्ने

  • मिडिया डबली
  • मंगलवार, पौष २६ २०७९

  • 1.9K
    SHARES

  • माधव नेपालको पार्टीको नौटंकी, प्रचण्डलाई विश्वासको मत दिने, प्रतिपक्षमा बस्ने

    काठमाडौं- माधवकुमार नेपालले नेतृत्व गरेको एकीकृत समाजवादी त्यतिकै सकिएको होइन रहेछ भन्ने कुरा मंगलबारको एउटा निर्णयले पनि प्रमाणित गरेको छ । आफूहरूलाई केही नसोधी गठबन्धनमै रहेका प्रचण्डले एमालेसँग मिलेर सरकार बनाएपछि उनीमाथि विश्वासको संकट त्यतिकै देखिइसकेको हो । यसमा इफ, बट भन्ने हुँदैन । प्रचण्डले जति साखुले बन्न खोजे पनि उनले गठबन्धनका दल कांग्रेस, एकीकृत समाजवादीलाई धोका दिएको प्रष्ट हुन्छ ।

    प्रचण्ड प्रधानमन्त्री बनेपछि नेपाल विक्षिप्त बनेका थिए । के गरौं कसो गरौं भएका थिए । प्रचण्डकै जोडबलमा एमाले फुटाए । चुनावमा कांग्रेसले बलियो गरी काँध थापिदियो । प्रत्यक्षतर्फ एकीकृत समाजवादीले १० सिट जित्यो । प्रचण्डलाई विश्वासको मत दिने कि नदिने भनेर नेपालले स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय सचिवालय बैठक राखे । तर, अन्तिममा गएर सर्तसहित विश्वासको मत दिने, तर प्रतिपक्षमा बस्ने निर्णय गरेका छन् ।

    प्रधानमन्त्रीलाई नै विश्वासको मत दिइसकेपछि एकीकृत समाजवादी कसरी प्रतिपक्षमा बस्न मिल्छ रु नैतिकताका आधारमा पनि माधव नेपाल अब सत्ता समर्थक दल नै हुनेछन् । तर आफ्ना केही सर्त तेस्र्याउँदै माधव नेपालले ‘न पोथी न भाले’ को निर्णय गराएका छन् । यस्तै यस्तै काइते निर्णयले हो पार्टीको भविष्य सकिने भनेको छ । प्रचण्डलाई विश्वासको मत दिने भएपछि सरकारले गरेका हरेक कामको जिम्मा माधव नेपालले पनि लिनुपर्ने हुन्छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २४ २०७८१२:४२:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend