आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

गण्डकी प्रदेशमा सरकार गठनका लागि आव्हान, को बन्दैछ मुख्यमन्त्री?  

गण्डकी प्रदेशमा सरकार गठनका लागि आव्हान, को बन्दैछ मुख्यमन्त्री?  

  • मिडिया डबली
  • बिहिवार, पौष २१ २०७९

  • 3.0K
    SHARES

  • गण्डकी प्रदेशमा सरकार गठनका लागि आव्हान, को बन्दैछ मुख्यमन्त्री?  

    पोखरा–  गण्डकी प्रदेशका प्रमुमुख पृथ्वीमान गुरुङले दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठन गर्न आह्वान गरेका छन् । प्रमुख गुरुङले बिहीबार दिउँसो प्रदेश सरकार गठनका लागि आह्वान गरेका हुन् । सरकार गठन गर्न गुरुङले ५ दिनको समयसीमा दिएका छन् ।

    संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री दाबी गर्न पुस २५ गते सोमबार दिउँसो ४ बजेसम्मको समय सीमा तोकिएको छ । ‘संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेश सभाको सदस्यलाई गण्डकी प्रदेशको मुख्य मन्त्री नियुक्ति गर्नका लागि पौष २५ गते सोमबार ४ बजेभित्र दाबी पेस गर्न अनुरोध छ,’ प्रदेश प्रमुख गुरुङले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    केन्द्रमा माओवादी नेतृत्वको सरकार बनेसँगै प्रदेशमा भागबन्डा नहुँदा कसको नेतृत्वमा सरकार गठन गर्ने भन्ने अझै यकिन भइसकेको छैन । सत्तारुढ गठबन्धनका मुख्य घटक एमाले र माओवादीले केन्द्रको ‘ग्रीन सिग्नल’ कुरिरहेका छन् । तर, सरकार बनाउन एमाले र माओवादीले आआफ्नै नेतृत्वको दाबी गर्दा मुख्यमन्त्री को बन्ने भन्ने प्रस्ट हुन सकेको छैन ।

    ६० सदस्यीय गण्डकी प्रदेशसभामा सामान्य बहुमतका लागि कम्तीमा ३१ सांसदको समर्थन आवश्यक पर्छ । प्रदेशसभामा नेपाली कांग्रेसको २७, नेकपा एमालेको २२ र माओवादी केन्द्रको ८ सांसद छन् । संघीय सरकारलाई समर्थन गरेको राप्रपाको २ सांसद छन् । यस्तै नेकपा एकीकृत समाजवादीका एक सांसद छन् ।

    यसरी हेर्दा केन्दीय समीकरण अनुसार सत्ता गठबन्धनमा दुई मुख्य घटक एमाले र माओवादी केन्द्रको कुल सांसद संख्या ३० हुन्छ । यो गठबन्धनले सरकार गठन गर्ने हो भने राप्रपा वा नेकपा एकीकृत समाजवादीमध्ये कुनै एक दलको समर्थन अनिवार्य जुटाउनु पर्ने हुन्छ ।

    सरकार गठनका लागि आफू निर्णायक भएका कारण राप्रपाले पनि मुख्यमन्त्रीमा दाबी गरेको छ । प्रदेशका नेताहरु केन्द्रले नै भागबन्डा गरेर पठाइदिए सरकार गठनका लागि सहज हुने बताउँछन् ।

    माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमानले केन्द्रले निर्णय नलिँदासम्म सरकार गठनको प्रक्रिया सुरु नहुने बताए ।  एमाले संसदीय दलका नेता खगराज अधिकारी भने केन्द्रीय तहमा हुने भागबण्डामा ढुक्क छन् । उनले देशभरि सत्ता गठबन्धनमा भागबन्डा हुँदा गण्डकीको मुख्यमन्त्री एमालेले नै पाउने विश्वास व्यक्त गरे । गठबन्धनका दलहरुबीच समग्र विषयमा सहमति खोजेर समयमै प्रदेश प्रमुख समक्ष दाबी पेस गर्ने बताउँछन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख १६ २०७८११:१२:५०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend