आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

अवस्था अज्ञात भनिएका सांसद आईसीयूमा भर्ना भएको खुलासा

अवस्था अज्ञात भनिएका सांसद आईसीयूमा भर्ना भएको खुलासा

  • मिडिया डबली
  • बुधवार, बैशाख १५ २०७८

  • 8.1K
    SHARES

  • अवस्था अज्ञात भनिएका सांसद आईसीयूमा भर्ना भएको खुलासा

    काठमाडौं – मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव गण्डकी प्रदेश सभामा निर्णयार्थ पेश हुने दिन अकस्मात अवस्था अज्ञात भएको भनिएका राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही बेहोस भएर अस्पतालको आईसीयूमा भर्ना भएको खुलासा भएको छ ।

    सांसद शाहीका स्वकीय सचिव मिलन हमालले आज बुधवार दिउँसो १२ बजे अचानक बेहोस भएपछि सांसद शाहीलाई अस्पताल भर्ना गरिएको जानकारी दिए । हमालले कुन अस्पतालमा भर्ना गरिएको भन्नेबारे खुलाएनन् ।

    स्वकीय सचिव हमालले भने, ‘उहाँ दिउँसो १२ बजे अचानक बेहोस हुनुभयो । अहिले अस्पतामा उपचार भइरहेको छ । ठाउँ र अस्पतालको नाम भन्न मिल्दैन ।’

    पोखरामा उपचार सम्भव नभए चितवनतिर समेत लैजानुपर्ने हुनसक्ने हमालले जानकारी दिए ।

    यसअघि जनमोर्चाकी गण्डकी प्रदेशसभा सचेतक पियारी थापाले शाहीको अवस्था अज्ञात रहेको भन्दै प्रदेशसभा सचिवालयमा निवेदन दिएपछि प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । हिजो मंगलवारसम्म सकुशल रहेका सांसद शाहीको अवस्था अज्ञात रहेको र मत विभाजन हुनै लागेका बेला अज्ञात हुनुलाई शंकास्पद रूपमा हेरिएको छ ।

    राष्ट्रिय जनमोर्चाका ३ सांसदले प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय भएको अवस्थामा मुख्यमन्त्री गुरुङको सरकार ढल्ने निश्चित हुँदा शाही सम्पर्कविहीन भएका थिए । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, बैशाख १३ २०७८१०:३१:०४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend