काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कै सरकार रहेको गण्डकी प्रदेश सरकारमा दशैँको लागि मात्रै ४१ लाख रुपैयाँ बाँडेर सकिएको छ। अझै बैठक भत्ता पठाइएको छैन पठाउने तयारी छ। मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सुरु देखि नै कोरोना नियन्त्रण गर्न सरकारले हर प्रयास गर्ने, गरिरहेको भाषण दिइरहे।
केही सांसदले भने निर्वाचन पूर्वाधान विकास कार्यक्रम खारेज गरेर ७२ करोड रुपैयाँ कोरोना कोषमा जम्मा गरेर कोरोना नियन्त्रणमा खर्च गर्न पनि सुझाएका थिए। सांसदहरुले नै आफूले पाउनुपर्ने सेवा सुविधा कोरोना कोषमा जम्मा गर्नुपर्ने ठूला भाषण गरे। तर, यता दशैँ भत्ता भने लुसुक्क लिइसकेछन्।
संसदमा चर्काे भाषण गर्ने सांसदहरुले नै चालू आर्थिक वर्ष सुरु भएयताको बैठक भत्ता पनि मागिरहेको बताइएको छ। प्रदेशसभा सचिवालयले सांसदहरुलाई ५२ हजार रुपैयाँ, सचेतकलाई ५४ हजार दुई सय रुपैयाँ, प्रमुख सचेतकलाई ५६ हजार आठ सय ४० रुपैयाँ, संसदीय समितिका सभापतिहरुलाई पनि ५६ हजार आठ सय ४० रुपैयाँ तथा उपसभामुख र विपक्षी दलको नेतालाई ५८ हजार रुपैयाँको दरले चाडपर्व खर्च खातामा हालिदिएको छ ।
सभामुख नेत्रनाथ अधिकारीले ६१ हजार चार सय ८० रुपैयाँ चाडपर्व खर्च बुझेका छन् । सभामुख, उपसभामुख र सांसदहरु गरी प्रदेशसभाले ५२ जनालाई २७ लाख चार सय ८० रुपैयाँ चाडपर्व भत्ता शीर्षकमा खर्च भएको छ । प्रदेशसभा सचिवालयका सहलेखापाल तुलसीराम आचार्यले ऐन अनुसार नै पाउने रकम पठाइएको जानकारी दिए।
तपाइँलाई अचम्म लाग्ला यहाँ सांसदहरुले आफूले मात्रै होइन आफ्ना छोरा छोरी तथा आफन्तलाई पनि दशैँ भत्ता खुवाएका छन्। गण्डकीका अधिकांश सांसदले आफ्नै परिवारका सदस्यलाई स्वकीय सचिव राखेका छन्। यस्ताेमा नेकपाका सांसद धेरै छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।