आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

गण्डकी प्रदेशमा एकाएक नाटकीय मोड, पृथ्वीसुब्बा गुरुङको कुर्सी जोगियो

गण्डकी प्रदेशमा एकाएक नाटकीय मोड, पृथ्वीसुब्बा गुरुङको कुर्सी जोगियो

  • मिडिया डबली
  • बुधवार, बैशाख १५ २०७८

  • 15.7K
    SHARES

  • गण्डकी प्रदेशमा एकाएक नाटकीय मोड, पृथ्वीसुब्बा गुरुङको कुर्सी जोगियो

    काठमाडौं – मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव निर्णयार्थ पेश हुने दिन आज बुधबार राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य खिमविक्रम शाहीको अवस्था अज्ञात भएपछि गण्डकी प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

    सभामुख नेत्रनाथ अधिकारीले जनमोर्चा संसदीय दलले सांसद शाही सम्पर्कविहीन भएको भनी पत्र दिएको भन्दै पत्रको विषय सम्बोधन नगरी बैठक बस्नु उपयुक्त नहुने भन्दै अनिश्चितकालका लागि बैठक स्थगित गरेका छन् ।

    जनमोर्चाका ३ सांसदमध्ये शाही सम्पर्कविहीन भएको भन्दै सांसदको अवस्था सार्वजनिक गर्न माग गरेर जनमोर्चा संसदीय दलकी सचेतक पियारी थापाले बुधवार प्रदेशसभा सचिवालयमा पत्र दिएकी छन् ।

    प्रदेशसभा सदस्य शाहीको खोजी गर्न माग गर्दै थापाले प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री रामशरण बस्नेतलाई समेत पत्र बुझाएकी छन् ।

    अविश्वासको प्रस्तावमाथि आजै निर्णय भएर मुख्यमन्त्री गुरुङको सरकार ढल्ने र कांग्रेसका नेता मुख्यमन्त्री हुने सम्भावनाबीच नयाँ नाटकीय मोड आएको हो । यसले मुख्यमन्त्री गुरुङको कुर्सी केही दिनका लागि जोडिएको छ ।

    यसअघि सांसदको अवस्था अज्ञात रहेकोबारे पार्टीकी सचेतक पियारी थापाले सभामुखसक्षम निवेदन दिएर संसदको कारवाही रोक्न माग गरेकी थिइन् । 

    सांसद शाहीको जीवन रक्षा गर्न र अवस्था सार्वजनिक नभएसम्म सदनको कारवाही अगाडि नबढाउन भन्दै सचेतक थापाले सभामुख नेत्रनाथ अधिकारीलाई निवेदन दिएकी थिइन् ।

    ‘उहाँको अवस्था अज्ञात रहेको छ । फोन पनि उठेको छैन, कोठामा पनि ताला लगाइएको छ,’ सचेतक थापाले बताइन्, ‘उहाँका स्वकीय सचिवलाई पनि फोन गरेर बुझेको थिएँ । स्वकीय सचिवले हिजो दिउँसोदेखि सम्पर्क हुन सकेको छैन भन्ने जानकारी दिए ।’

    मुख्यमन्त्री गुरुङविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव आएको र पार्टीले विपक्षमा मतदान गर्ने निर्णय गरेको अवस्थामा प्रदेशसभा सदस्यको अवस्था अज्ञात हुनु शंकास्पद रहेको भन्दै प्रदेश सभामा आवाज उठेको छ । सांसद नै अज्ञात भएपछि प्रदेशसभामा सन्नाटा छाएको छ ।

    ‘सभामुखलाई माननीय शाहीको अवस्था सार्वजनिक नहुञ्जेलसम्म सदनको कारवाही रोक्नेबारे र उहाँको जीवन रक्षा गर्नका साथै अवस्था सार्वजनिक गर्न माग गर्दै निवेदन दर्ता गराएकी छुँ,’ थापाले भनिन् ।

    मुख्यमन्त्री गुरुङ विरुद्धको अविश्वास प्रस्तावको अगुवाई गरेका माओवादी केन्द्रका प्रदेशसभा सदस्य हरिबहादुर चुमानले हिजो मंगलवार कोरोना परीक्षणका लागि स्वाब दिने बेलासम्म सकुशल रहेका शाहीको अवस्था अज्ञात हुनु शंकास्पद रहेको बताएका छन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, बैशाख १३ २०७८१०:३१:०४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend