आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

सांसदलाई अस्पतालमा ‘बन्दी’ बनाइएपछि राजमोले मुख खोल्यो, सरकारको यस्तो षड्यन्त्र !

सांसदलाई अस्पतालमा ‘बन्दी’ बनाइएपछि राजमोले मुख खोल्यो, सरकारको यस्तो षड्यन्त्र !

  • मिडिया डबली
  • बिहिवार, बैशाख १६ २०७८

  • 5.2K
    SHARES

  • सांसदलाई अस्पतालमा ‘बन्दी’ बनाइएपछि राजमोले मुख खोल्यो, सरकारको यस्तो षड्यन्त्र !

    काठमाडौं – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव निर्णयार्थ पेश हुने दिन बुधबार राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाहीको अवस्था अज्ञात भएर अस्पतालमा फेला परेकोबारे पार्टीले मुख खोलेको छ ।

    राष्ट्रिय जनमोर्चा (राजमो) ले गण्डकी प्रदेशका सांसद खिमविक्रम शाहीको स्थिति सार्वजनिक गर्न सरकारसँग माग गरेको छ । पार्टी उपाध्यक्ष तथा प्रवक्ता दूर्गा पौडेलले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै पार्टीका केन्द्रीय नेता र प्रदेशका सांसद जाँदा समेत सांसद शाहीलाई भेट्न नदिइएकोप्रति आपत्ति जनाइएको छ ।

    विज्ञप्तिमा उल्लेख छ, ‘उहाँलाई एक प्रकारको बन्दीका रुपमा किन राखियो र त्यसको कारण के हो ?’

    गण्डकी प्रदेशको सरकारी प्रयोगशालामा कोरोना परीक्षण गर्दा नेगेटिभ आएपनि शाहीलाई कोरोना पोजिटिभ भनेर अस्पतालको आईसीयूमा राखिएको जनमोर्चाको आरोप छ । 

    गण्डकी प्रदेशसभा बैठकमा बुधवार सांसद शाही उपस्थित भएका थिएनन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरूद्ध अविश्वास प्रस्तावमा जनमोर्चाले मतदान गर्ने निर्णय गरेको थियो । सरकारविरुद्ध मतदान गर्ने सांसद एकाएक हराएर अस्पतालमा भेटिनुलाई सर्वत्र आंशका गरिएको छ ।

    शाही प्रदेश सभामा उपस्थित नभएपछि जनमोर्चाले सांसदको खोजी गरिदिन माग गर्दै निवेदन दिएको थियो । राजमोको निवेदनपछि सभामुखले प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित गरेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, बैशाख १३ २०७८१०:३१:०४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend