काठमाडौं– नेकपा एकीकृत समाजवादीले पोलिट्ब्यूरो बैठक बोलाएको छ । शनिबार र आइतबार स्थायी कमिटी बैठक बसेपछि एकीकृत समाजवादीले सोमबार पोलिट्ब्यूरो बैठक बोलाएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । बैठक विहान ११ बजे पार्टी कार्यालयमा नै बस्ने उनले बताए ।
‘भोलि पोलिट्ब्यूरो बैठक आयोजना गरेका छौं । के सुझाव दिन्छ त्यसपछि मात्र यावत विषयमा हाम्रो धारणा बाहिर ल्याउनेछौं’ उनले भने ।
स्थायी कमिटी बैठकमा नेताहरुले कसैले सरकारको बारेमा कसैले पार्टी निर्माणको बारेमा, कसैले विगतको गठबन्धनको बारेमा कसैले अहिलेको गठबन्धनको बारेमा धारणा राखेका खतिवडाले बताए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।