आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक बिशेष

आफ्नै खुट्टामा बन्चरो हान्न माधव नेपाललाई किन ओलीसँग दूरी घटाउँदै छन् प्रचण्ड ?

आफ्नै खुट्टामा बन्चरो हान्न माधव नेपाललाई किन ओलीसँग दूरी घटाउँदै छन् प्रचण्ड ?

  • मिडिया डबली
  • शुक्रवार, पौष १५ २०७९

  • 3.2K
    SHARES

  • आफ्नै खुट्टामा बन्चरो हान्न माधव नेपाललाई किन ओलीसँग दूरी घटाउँदै छन् प्रचण्ड ?

    काठमाडौं - राजनीति भनेको अनेक सम्भावनाको खेल हो भन्ने कुरा हालैको नेपालको राजनीतिले पनि पुष्टि गरिसकेको छ ।

    पहिलो र दोस्रो दललाई उछिन्दै तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले सरकारको नेतृत्व गरेको छ । ठूलो दल कांग्रेस र एमाले भने हेरेको हेर्यै भएका छन् । कांग्रेससँग गठबन्धन गरेका माओवादीलाई फुटाएपछि एमाले अध्यक्ष केपी ओली अहिले एकीकृत समाजवादीलाई आफ्नो पार्टीमा मर्ज गरेर ठूलो शक्ति बन्न खोजेका छन् ।

    त्यसका लागि उनले अनेक फन्डा सुरु गरिसकेका छन् । एकीकृत समाजवादीलाई एमालेमा मिसाउन सके र दुईजना स्वतन्त्र सांसदलाई तान्न सके सबैभन्दा ठूलो पार्टी बन्न सकिन्छ कि भनेर उनी लागिपरेका छन् ।

    यदि ओली सबैभन्दा ठूलो दलको नेता बनेमा त्यसको राजनीतिक रूपमा घाटा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै भोग्नुपर्ने छन् । ओली सत्ता बाहिर बस्न सक्दैनन् भन्ने कुरा कांग्रेसको गठबन्धन फुटाएर पुष्टि गरिसकेका छन् ।

    अहिले नै उनले एमालेलाई १२ मन्त्रालय, बाँकी अन्य ६ दललाई दिने भनेर घमण्ड देखाइसकेका छन् । जसकारण प्रधानमन्त्री प्रचण्ड तनावमा परेका छन् । पार्टीमा मन्त्रीका आकांक्षी धेरै हुनु अनि ओलीले अहिलेदेखि नै पेल्न थालेपछि प्रचण्डले कांग्रेससँगको गठबन्धन टुटाएको फल भोग्न थालिसकेका छन् ।

    त्यसमाथि प्रचण्ड पनि एकीकृत समाजवादीलाई एमालेमा मिलाउन लागिपरेको देखिएको छ । यसले प्रचण्डको शक्ति क्षयीकरण झन् तीव्र रुपमा ओरालो लाग्ने निश्चित छ । यदि माधव नेपालको एकीकृत समाजवादीलाई अलग दलको रुपमा उनले सामेल गराउन सके भने मात्र ओलीलाई साइजमा राख्न सक्छन् ।

    यदि ओलीले निहुँ खोजेमा कांग्रेससँग गठबन्धन गरेर भए पनि सरकार चलाउन सक्छन् । त्यही भएर अहिले प्रचण्डको नीति माधव नेपाललाई ओलीसँग दूरी घटाउन होइन, बढाउनतिर हुनुपर्ने राजनीतिक विश्लेषकहरुको भनाइ छ ।

    त्यसो हुन सकेमा मात्र ओलीको रवाफ रोक्न उनी सफल हुनेछन् र साढे दुई वर्ष ढुक्कले सरकार चलाएर ओलीलाई हस्तान्तरण गर्न सफल हुनेछन् । यदि माधव नेपाललाई अहिले नै ओलीको कोटरीमा लगिदिए भने ओलीमा पावर बढ्ने र त्यसको घाटा प्रचण्डलाई हुने देखिन्छ । त्यही भएर अहिले उनलाई एमालेलाई साइजमा राख्न पनि माधव नेपालसँग अलग्गै ढंगले छलफल गर्नुपर्ने निकटस्थहरुले सुझाव दिएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २४ २०७८१२:४२:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend