आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

प्रकाश र लक्ष्मीको ‘लाइहेल कालो टिका’मा झल्कियो प्रेम

प्रकाश र लक्ष्मीको ‘लाइहेल कालो टिका’मा झल्कियो प्रेम

  • मिडिया डबली
  • शनिवार, पौष ९ २०७९

  • 3.6K
    SHARES

  • प्रकाश र लक्ष्मीको ‘लाइहेल कालो टिका’मा झल्कियो प्रेम

    काठमाडौं । पछिल्लो समय गीत बजार हेरेर तयार गरिन्छ । गीतसंगीतका आफ्नो कलासंस्कृति कसरी समेट्ने भन्दापनि युट्युवमा बढी भिउज कसरी बटुल्ने तिर ध्यान दिइन्छ । त्यसैले गीतसंगीतका दिग्गज यसतर्फ चिन्तित छन् ।

    आफ्नो कलासंस्कृतिमा प्रति सजक गायक गायिका कमै छन् सांगीतिक क्षेत्रमा । ति मध्यकी एक हुन् गायिका लक्ष्मी आचार्य । सुदरपश्चिमकी गायिका आचार्यको प्रत्येक गीतसंगीतमा त्यहाँका कलासंस्कृति, रीतिरिवाज, भेसभुषा र भाषासंस्कृति देख्न सकिन्छ ।

    सुदुरपश्चिमका टिपिकल्ली भाका टिपेर त्यहाँकमा रितिरिवाज सहितका ‘ओ मेरी भाउजु’, ‘भन् साली तेरी दिदी कहाँ’ जस्ता युट्युवको करोड क्ल्बमा पुग्न सफल गीतहरु दिएकी आचार्यको नयाँ गीत ‘लाईहेल कालो टिको’ सार्वजनिक भएको छ । सुदरपश्चिमको एकदमै चर्चित र ऐतिहासिक भाषाकासाथ आएको यो गीत त्यहाँकै  कल्चर शैलीमा गीत तयार छ ।

    नरेन्द्रराज रेग्मीको शब्द संगीत रहेको गीतमा गायिका आचार्यलाई स्वरमा अर्काे चर्चित गायक प्रकाश सपुतले साथ दिएका छन् । प्रकाशले स्वर दिएको यो नै पहिलो सुदुरपश्चिको गीत हो । थुप्रै गीत मार्फत आफुलाई अब्बल साबित गर्दै आएका प्रकाशले यो गीत सुदुरपश्चिमकै शैलीमा निकै मिठो तवरबाट स्वर दिएका छन् । उनको स्वर सुन्दा उनले सुदुरपश्चिको शैलीको गीत पहिले देखिनै गाउने गरेको आभाष हुन्छ ।

    चर्चित गायक प्रकाश सपुतसँग सहकार्य गर्न पाउदा निकै खुसी देखिएकी गायिका आचार्यले सपुतको स्वरले गीतमा सुन र सुगन्ध दुबै भर्ने काम गरेको बताउँछिन् ।
    गीत अनुसारको भिडियो निकै आकर्षक बनेको छ । प्रकास सपुत र लक्ष्मी आचार्यकै अभिनय रहेको भिडियोमा एकजोडी युवायुवतीको प्रेमकथा देखाउन खोजिएको छ । एउटी बिछट्टै राम्री केटीलाई अरुको नजर लाग्ने होकी भनेर फलो गरिरेका एक युवकले ति युवतीलाई ठट्यौली पारामा आफ्नो प्रेम ब्यक्त गीतमा गर्दछन् । भिडियोले पनि त्यही कथा बुनेको छ ।

    मौसम हिमालको निर्देशन रहेको भिडियोमा आचार्य र सपुतको जोडी निकै सुहाएको छ । प्रबिन भट्टको सम्पादन र नवराज उप्रेतीको छायांकन रहेको भिडियोले गीतलाई झनै सिंगार्ने काम गरेको छ ।

    आफ्नो भाषा, संस्कृति प्रति आफु सचेत रहेकोले आफ्नो गीतसंगीत  सधै सुदुरपश्चिका कलासंस्कृतिले भरिपुर्ण हुने गायिका आचार्य बताइन् । ‘हामी जो जुन कर्ममा छौ । त्यही कर्मबाट आफ्नो कलासंस्कृति प्रति सजक हुनुपर्छ’ आचार्यले थपिन्, ‘त्यसपछि मात्र हाम्रो कलासंस्कृतिले अन्तराष्ट्रिय स्तरमा पनि प्रथामिकता पाउन थाल्छ ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, चैत्र १ २०७८०४:३६:४३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend