आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

पशुपति शर्माले ओली र प्रकाश सपुतले प्रचण्ड हल्लाए

पशुपति शर्माले ओली र प्रकाश सपुतले प्रचण्ड हल्लाए

  • मिडिया डबली
  • सोमवार, फाल्गुण ३० २०७८

  • 11.7K
    SHARES

  • पशुपति शर्माले ओली र प्रकाश सपुतले प्रचण्ड हल्लाए

    काठमाडौं - दुई वर्षअघि लोकगायक पशुपति शर्माले ‘लुट्न सके लूट कान्छा लुट्न सके लूट, अन्त कतै पाइँदैन नेपालमै छ छुट’ बोलको गीतले तत्कालीन दुई तिहाइ सरकारलाई हल्लाएको थियो ।

    प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीको सरकारको बचाउमा उनका समर्थक र कार्यकर्ताले गायक शर्मालाई ज्यान धम्कीसमेत दिएका थिए ।

    राष्ट्रपति विद्यादेवी भण्डारीको अपमान गरेको भन्दै एमाले नेता कार्यकर्ता बुरुक बुरुक उफ्रेका थिए । सो गीत युट्युबबाट हटाउन धम्की दिएपछि शर्मा बाध्य भएर हटाए ।

    पछि संशोधन गरेर राख्न त राखे तर पहिलेको जस्तो चार्म गीतमा देखिएन । सो गीत आएको केही समयपछि प्रधानमन्त्री ओलीले सार्वजनिक रूपमै गीतको आलोचना गर्दै आफ्नो सरकारको पालामा भ्रष्टाचार नभएको, राज्यको ढुकुटी नलुटेको प्रस्टीकरण दिएका थिए ।

    अहिले गायक प्रकाश सपूतको गीतले माओवादी केन्द्रमा भुइँचालो नै ल्याएको छ । सो पार्टीका नेता कार्यकर्ता तथा भ्रातृसंगठनले गायक सपुतलाई गीत युट्युबबाट हटाउन र माफी माग्न चेतावनी मात्र दिएका छैनन्, ज्यान धम्कीसमेत दिएका छन् ।

    चाहे हिजो पञ्चायत होस् या अहिले गणतन्त्र नै होस्, शासकहरुले आफ्नो आलोचना नरुचाएको प्रस्ट देखियो । माओवादी केन्द्रका नेता कार्यकर्ता र विभिन्न संगठनहरुले प्रकाश सपूतको ‘पिर’ प्रति आक्रोश व्यक्त गरिरहेका बेला अध्यक्ष प्रचण्डले उत्तेजित कोही हुनु आवश्यक नभएको बताएका छन् ।

    सोमबार बिहान धनगढी पुगेका उनले पूर्वलडाकुहरू देशको निम्ति शान्तिमा आइयो भनेर गर्व गर्ने र कत्रो सपना देखेको थिएँ माओवादीले शान्तिमा ल्याएर बर्बाद पारे भन्ने पनि रहेको बताए ।

    ‘महिलाका हिजो जनयुद्धको बेला वीरता र कीर्तिमान कायम गरेका कुरा पनि छन् । त्यतिबेला राज्यका पक्षबाट भएका दमन र अत्याचार पनि छन् । यो विषयमा उत्तेजित कोही हुनुपर्ने छैन । तर्क बितर्क हुन्छन् त्यसलाई सहज स्वाभाविक रूपमा लिनुपर्छ । अहिले मात्र होइन सयौं वर्ष हामी गइसकेपछि पनि हुनेवाला छ,’ उनले भने । एउटा गीतले ल्याएको तरंगबारे प्रचण्डले मुख खोल्नु सानो कुरा होइन ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, श्रावण २९ २०८०१२:३५:२८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend