काठमाडौं - नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं ओखलढुंगाका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रामहरि खतिवडाले चुनाव खर्च सार्वजनिक गरेका छन् ।
उनले प्रतिनिधिसभाको उम्मेदवार भएदेखि निर्वाचन सम्पन्न भएसम्म आफ्नो चुनाव खर्च २८ लाख भएको निर्वाचन कार्यालयलाई जानकारी दिएका छन् ।
खतिवडाले प्रचारप्रसार सामग्री, ढुवानी, गोष्ठी, अन्तरक्रिया, अन्य प्रचार प्रसार, छापा एवं विद्युतीय माध्यम (सामाजिक सञ्जाल), कार्यालय सञ्चालन, प्रतिनिधि परिचालनमा गरी २८ लाख १० हजार खर्च भएको विवरण निर्वाचन कार्यालयलाई जानकारी दिएका छन् ।
ओखलढुंगामा गठबन्धनका साझा उम्मेदवार खतिवडाले एमालेका यज्ञराज सुनुवारलाई फराकिलो मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।