आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कांग्रेस सांसद खतिवडा नेतृत्वको टोलीसँग ओखलढुंगामा छिट्टै बत्ती जोड्ने कुलमानको प्रतिबद्धता

कांग्रेस सांसद खतिवडा नेतृत्वको टोलीसँग ओखलढुंगामा छिट्टै बत्ती जोड्ने कुलमानको प्रतिबद्धता

  • मिडिया डबली
  • सोमवार, मंसिर १९ २०७९

  • 3.1K
    SHARES

  • कांग्रेस सांसद खतिवडा नेतृत्वको टोलीसँग ओखलढुंगामा छिट्टै बत्ती जोड्ने कुलमानको प्रतिबद्धता

    काठमाडौं– नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ओखलढुंगाका सबै क्षेत्रमा चाँडै बत्ती पुग्ने बताएका छन् । ओखलढुंगाबाट निर्वाचित संघीय सांसद रामहरि खतिवडा, प्रदेश सांसदद्वय प्रदीपकुमार सुनुवार र बाबुराम गौतमसहितको टोलीसँग सोमबार कुराकानी गर्दै घिसिङले सो प्रतिबद्धता जनाएका हुसन् । उनले ओखलढुंगामा बत्ती जोड्न एक अर्ब बराबरको टेण्डर भइसकेकोसमेत जानकारी दिएका छन् ।

    सोमबार प्राधिकरण गएको सांसदहरूको टोलीले कुलमानले देशलाई नै उज्यालो बनाउन गरेको प्रयासको प्रशंसासमेत गरेको थियो । सांसद खतिवडाले कुलमानको नेतृत्वमा एक वर्षभित्र सबै ओखलढुंगाका बत्ती नपुगेका सबै वडाहरुमा विद्युतीकरण गरिदिन आग्रह गरेका थिए ।

    जवाफमा कार्यकारी प्रमुख घिसिङले एक अर्बको टेण्डर भइसकेको र ओखलढुंगामा छिटोभन्दा छिटो बत्ती पुर्याउने प्रतिबद्धता जनाएको सांसद खतिवडाले जानकारी दिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, आश्विन २२ २०७७०१:०१:१८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend