आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

दोलखामा ३० वर्ष पछि फहरायो चारतारे झण्डा, कुन्दनले रचे इतिहास 

दोलखामा ३० वर्ष पछि फहरायो चारतारे झण्डा, कुन्दनले रचे इतिहास 

  • मिडिया डबली
  • आइतवार, मंसिर १८ २०७९

  • 20.5K
    SHARES

  • दोलखामा ३० वर्ष पछि फहरायो चारतारे झण्डा, कुन्दनले रचे इतिहास 

    काठमाडौं–  नेपाली कांग्रेस दोलखा प्रदेश ‘क’ बाट बागमती प्रदेश सभा सदस्यमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुन्दराज काफ्ले विजयी भएका छन् । कांग्रेसका उम्मेदवार काफ्ले नेकपा एमालेका उम्मेदवार नरबहादुर श्रेष्ठलाई सात हजार ८७५ मतान्तरले पछि पार्दै विजयी भएका हुन् । उनले २३ हजार २३१ मत पाएका छन् ।

    नेकपा एमालेका श्रेष्ठले मत १५ हजार ३५६ मत प्राप्त गरेका छन् ।  काफ्ले विजयी भएसँगै ३० वर्षपछि कांग्रेसले आफ्नो शाख फर्काएको हो । २०५२ सालको उप—निर्वाचनमा स्व। नेता भीमबहादुर तामाङपछि यो क्षेत्रमा कांग्रेसका कुनैपनि नेताले सफलता हात पार्न सकेका थिएनन् । 

    को हुन् काफ्ले?  

    काफ्लेले २०५५ सालमा पशुपति क्याम्पसबाट विद्यार्थी राजनिति सुरु गरेका थिए । काफ्ले स्ववीयु सदस्य हुदै पशुपति क्याम्पसको स्ववीयू सचिव–२०५७ मा बनेका थिए । वि।स। २०६० सालमा पशुपति क्याम्पस स्ववीयू सभापति बनेका काफ्ले लगतै २०६१ सालमा  नेपाल विद्यार्थी संघ केन्द्रीय सदस्य बने । त्यसैगरी २०६४ सालमा नेपाल विद्यार्थी संघ केन्द्रीय कोषाध्यक्ष बनेका काफ्ले वि।स।२०७३ सालमा  नेपाल विद्यार्थी संघ केन्द्रीय महामन्त्री बनेका थिए । 

    नेपाली कांग्रेस १२ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि हुँदै कांग्रेसको १३ औं महाधिवेशनमा जिल्ला पार्टी सभापतिको प्रत्यासी बने । भने काग्रेस १४ औं महाधिवेशनमा पार्टी केन्द्रीय सदस्य हुदै २०७९ को आम निवार्चनमा दोलखा प्रदेश ‘क’ बाट बागमती प्रदेश सदस्यमा विजयी बनेका हुन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, जेठ १९ २०८३११:०२:४९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend