काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका दोलखाका सांसद जीपछिरिङ लामाले अब पार्टीबाट निर्वाचन नलड्ने बताएका छन् । सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा मंगलबार उनले त्यस्तो बताएका हुन् ।
आफू सांसद भएर पनि अवसर नपाएको तर आफूभन्दा ‘जुनियर’ले समेत मन्त्री र अरू पद पाएको भन्दै उनले पार्टीबाट आफूलाई चुनाव लड्न आवश्यक नभएको बताएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।
लामाले चुनाव नलड्ने घोषणा गरेसँगै युवा नेता कुन्दनराज काफ्लेले टिकट पाउने सम्भावना बढेको छ। उनलाई चुनाव जित्न सक्ने नेताकारुपमा हेरिएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।