आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक बिशेष

झलनाथको छुच्चो मुख र दोगला चरित्रले इलाममा कांग्रेसलाई ठूलो घाटा

झलनाथको छुच्चो मुख र दोगला चरित्रले इलाममा कांग्रेसलाई ठूलो घाटा

  • मिडिया डबली
  • मंगलवार, मंसिर १३ २०७९

  • 6.2K
    SHARES

  • झलनाथको छुच्चो मुख र दोगला चरित्रले इलाममा कांग्रेसलाई ठूलो घाटा

    काठमाडौं - एकीकृत समाजवादीका नेता झलनाथ खनाल अहिले आफू पराजित भएको दोष नेपाली कांग्रेसलाई लगाइरहेका छन् ।

    जबकि समानुपातिक मत गन्दा इलाम १ मा एकीकृत समाजवादीभन्दा झन्डै दोब्बर मत कांग्रेसले पाएको छ । झलनाथले २६ हजार मत ल्याउँदा पनि चुनाव हारे । सो क्षेत्रमा एकीकृत समाजवादीले समानुपातिकमा सात हजार मत पाएको छ । कांग्रेसले १६ हजारभन्दा बढी मत पाएको छ । तर, खनाल कांग्रेसलाई नै सत्तोश्राप गरिरहेका छन् ।

    झलनाथ खनालकै कारण इलाममा कांग्रेसको साख गुमेको हो । यदि उनको मुख छुच्चो नभएको र स्थानीय तहको निर्वाचनमा कांग्रेसमाथि नानाथरी आरोप नलगाएको भए उनले राम्रै मत पाउँथे ।

    स्थानीय तहको निर्वाचनपछि कार्यपालिका र जिल्ला समन्वय समितिको निर्वाचनमा झलनाथले एमालेसँग सहकार्य गरे । इलाम जिससमा एकीकृत समाजवादी र एमालेबीच सहकार्य हुँदा कांग्रेस र माओवादी बाहिरै रहे । अहिले आएर उनी कांग्रेसकै कारण चुनाव हारियो भनेर रुवावासी गरिरहेका छन् ।

    चुनाव प्रचारअघि पनि उनी एमालेसँग मिल्नुपर्छ भन्दै भाषण दिन्थे । कांग्रेसको विरोध गर्थे । तैपनि कांग्रेसका कार्यकर्ताले इमान्दार भएर खनाललाई भोट हाले । आफ्नै संगठन कमजोर हुने, एमालेसँग मिल्नुपर्छ भनेर दौडधूप गर्ने अनि अहिले आएर कांग्रेसले हरायो भनेर रुवावासीको गर्नुको कुनै तुक छैन ।

    खनालकै दोगला चरित्रका कारण इलाम २ मा कांग्रेसका डम्बर खड्काले चुनाव हार्न पुगे । यदि उनले एमाले र एकीकृत समाजवादी मिल्नुपर्छ भनेर भाषण नगरेको भए, लबिइङ नगरेको भए एक सय १४ मतान्तरले सुवास नेम्वाङलाई रातारात विजयी घोषणा गरिन्नथ्यो ।

    चुनावपछि एमालेसँग मिल्ने हो भनेर नै एकीकृत समाजवादीका कार्यकर्ताले भोट नहालिदिँदा कांग्रेसका खड्काले जितेको चुनाव हारे । हारेको चुनाव नेम्वाङले जिते ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, मंसिर ३० २०७७०३:२९:५४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend