आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

निर्वाचित भएपछि मिनकृष्णले देखाएर राजनीतिक संस्कार, मतदातालाई दिए धन्यवाद

निर्वाचित भएपछि मिनकृष्णले देखाएर राजनीतिक संस्कार, मतदातालाई दिए धन्यवाद

  • मिडिया डबली
  • बिहिवार, मंसिर ८ २०७९

  • 3.8K
    SHARES

  • निर्वाचित भएपछि मिनकृष्णले देखाएर राजनीतिक संस्कार, मतदातालाई दिए धन्यवाद

    काठमाडौं– ललितपुर–१ (ख)बाट प्रदेशसभामा निर्वाचित भएका कांग्रेस नेता मीनकृष्ण महर्जनले मतदातार्ल धन्यवाद दिएका छन्। विहिबार विज्ञप्ती जारी गरेर उनले मतदातालाई धन्यवाद दिएका हुन्। उनी एमालेका चेतनाथ संजेललाई पराजित गर्दै बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। उनले १३ हजार ३७८ मत ल्याएर विजयी हुँदा संजेलले ९ हजार १६४ मत प्राप्त गरेका थिए। 

    ‘मंसिर ४ गते सम्पन्न प्रदेश सभाको निर्वाचनमा म र हाम्रो पार्टी नेपाली कांग्रेसलाई अत्याधिक मतका साथ विजयी गराई दिनु भएकोमा सम्पूर्ण मतदाता दिदीबहिनी दाजुभाइ हरुमा हृदय देखिनै हार्दिक आभार र धन्यवाद व्यक्त गर्दछु। जित सङ्गैको यो जिम्मेवारीलाई ललितपुर बासि दिदिबहिनी दाजुभाइ हरुमा समर्पित गर्दै, निर्वाचन प्रचार प्रसार को महाअभियानमा अहोरात्र खटिनुहुने गठबन्धन का सम्पुर्ण नेता कार्यकर्ता साथिहरु, तरुण तन्नेरी साथिहरु,महिला दिदिबहिनी हरु र शुभचिन्तक ज्यु हरु मा पनि आभार र धन्यवाद व्यक्त गर्दछु,’ उनले भनेका छन्। 

    उनले जनताको आवश्यकता सम्बोधन गर्न आफ्नो कार्यकाल पुरै खर्चने संकल्प समेत गरेका छन्। ‘मतदाता दिदिबहिनी दाजुभाइहरुले देखाउनु भएको अपार माया, स्नेह र विश्वास  लाई आशिर्वाद को रुपमा लिदै यसै भुगोल का दिदिबहिनी र दाजुभाइ हरुको आवश्यकको सम्बोधन र विकास निर्माण मा मेरो कार्यकालको पुरापुर समय र उर्जा खर्चिने सङ्कल्प पुन दोहोर्याउदछु,’ उनले भनेका छन्। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र ९ २०७७०३:५३:३३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend