काठमाडौं - नेपाली कांग्रेसका युवा नेता मिनकृष्ण महर्जन प्रदेश सभा सदस्यमा विजयी भएका छन् । २०७४ को निर्वाचनमा वाम गठबन्धनका कारण महर्जन ललितपुर १ (ख) मा झिनो मतले पराजित भएका थिए ।
तर, यसपटक भने महर्जन सानदार ढंगले विजयी भए । महर्जनले एमाले उम्मेदवार सञ्जेलभन्दा ४३ सय १४ मत बढी ल्याएर विजयी भएका हुन् । महर्जनले १३ हजार चार सय ७८ मत प्रप्त गरी बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी एमालेका उम्मेदवार चेतनाथ सञ्जेलले नौ हजार एक सय ६४ मत प्राप्त गरेका छन् ।
गोदावरी नगरपालिका वडा नम्बर ११ मा महर्जनले ३४ सय २३ मत पाएका थिए । एमाले उम्मेदवार उम्मेदवार सन्जेलले मात्र नौ सय ७३ मत ल्याएका थिए। सोही कारण महर्जन भारी मतले विजयी हुन सफल भएका हुन् ।
यसपटक महर्जनले अघिल्लो पटक हारको बदला लिएका छन् । खेलकुद पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेका मीनकृष्ण ललितपुर जिल्लामा लोकप्रिय मानिन्छन्। नेपाली कांग्रेस ललितपुरमा पनि महर्जन शक्तिशाली नेता मानिन्छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।