काठमाडौं - जनता समाजवादी पार्टीका अध्यक्षा उपेन्द्र यादवबाहेक सबै दलका शीर्ष नेताहरू प्रतिनिधिसभा निर्वाचनको मतगणनामा अगाडि देखिएका छन् ।
सप्तरी– २ मा जनमत पार्टीका अध्यक्ष सिके राउतले झन्डै तेब्बर मतले यादवलाई पछि पारेका छन् । मधेसमा यादव समुदायको मात्र राजनीति गर्ने भएकाले उनलाई यसपटक जनताले हराउन लागेका हुन् ।
प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सातौंपटक विजयी हुने दाउसहित डडेल्धुराबाट अग्रता कायम गरिरहेका छन् । उनलाई स्वतन्त्र उम्मेदवार सागर ढकालले पछ्याइरहेका छन् ।
नेपाली कांग्रेस बिपीका कर्ण मल्ल पनि प्रतिस्पर्धामा छन् । एमालेका अध्यक्ष केपी ओली झन्डै दोब्बर मतले अग्रता कायम गरिरहेका छन् । सत्तारुढ गठबन्धनबाट उठेका नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारीलाई उनले सुरुदेखि नै पछाडि पारेका छन् ।
हालसम्म घोषणा भएको मतपरिणामअनुसार गोरखा–२ वाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निरन्तर अग्रता कायम गरिरहेका छन् । उनलाई गोरखा–२ मा एमालेका अब्दुस मियाँले पछ्याइरहेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटी पनि प्रतिस्पर्धामा छन् । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र एमालेका अजयकुमार गुप्ताबीच कडा टक्कर देखिएको छ । नेपालले ७६ सय ५७ मत पाएका छन् ।
गुप्ताले सात हजार २८ मत ल्याएका छन् । लोसपा अध्यक्ष महन्थ ठाकुर भने महोत्तरी ३ मा पछि अलि परेका छन् । उनलाई रामआधार कापर स्वतन्त्र उम्मेदवारले पछाडि पारेका हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।