काठमाडौं - सोमबार बिहानदेखि देशका विभिन्न निर्वाचन क्षेत्रको मतगणना सुरु भएको छ । मतगणना सुरु भएको निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी र एमालेले अग्रता हासिल गरेका छन् ।
प्रारम्भिक रुझानअनुसार झापा ३ मा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अग्रता हासिल गरेका छन् । उनले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई पछाडि पारेका छन् ।
भक्तपुर २ मा कांग्रेसका दुर्लभ थापाले एमालेका महेश बस्नेतलाई ६ सयभन्दा बढी मतले पछाडि पारेका छन् । प्रारम्भिक सर्वेक्षणमा भक्तपुरमा थापाले जित्ने देखिएको छ ।
यस्तै, अघिल्लो निर्वाचनमा मुस्ताङमा एमालेका प्रेम तुलाचनले जितेका थिए । सोमबार बिहानको अपडेटमा कांग्रेसका योगेश गौचन २०३५ र एमालेका प्रेम तुलाचनले १६५७ मत प्राप्त गरेका छन् ।
यस्तै, काठमाडौं ७, चितवन २ र कास्की २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता हासिल गरेका छन् । झापा २ मा एमालेका देवराज घिमिरेले माओवादीका उम्मेलवारलाई पछाडि पारेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।