आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

तथ्यांकले नै देखाउँछ भक्तपुर २ मा महेश बस्नेत कमजोर, कांग्रेसका दुर्लभ थापा ग्रिन जोनमा

तथ्यांकले नै देखाउँछ भक्तपुर २ मा महेश बस्नेत कमजोर, कांग्रेसका दुर्लभ थापा ग्रिन जोनमा

  • मिडिया डबली
  • आइतवार, कार्तिक ६ २०७९

  • 10.5K
    SHARES

  • तथ्यांकले नै देखाउँछ भक्तपुर २ मा महेश बस्नेत कमजोर, कांग्रेसका दुर्लभ थापा ग्रिन जोनमा

    काठमाडौं - यसपटक भक्तपुर २ मा नेपाली कांग्रेसले बाजी मार्ने देखिएको छ । विगतको निर्वाचनलाई विश्लेषण गर्ने हो भने पनि योपटक कांग्रेसले चुनाव जित्ने पालो हो ।

    किनभने भक्तपुर २ मा आलोपालो देखिएको छ । एकपटक नेमकिपा अर्कोपटक कांग्रेस, एकपटक कांग्रेस अर्कोपटक एमालेले यो क्षेत्रमा चुनाव जित्दै आएका छन् । अघिल्लो निर्वाचनमा भक्तपुर २ बाट एमाले नेता महेश बस्नेत विजयी भएका थिए । तर यसपटक भने उनलाई सहज हुनेछैन ।

    बस्नेतलाई गठबन्धनको तर्फबाट कांग्रेस जिल्ला सभापति दुर्लभ थापाले कडा टक्कर दिँदै छन् । करिब एक लाख मतदाता रहेको यस क्षेत्रमा बस्नेत, क्षत्री र नेमकिपाकी अनुराधा थापामगरसहित २६ जना प्रतिस्पर्धामा छन् । ०७४ को संसदीय निर्वाचनको नतिजा र स्थानीय तहको मत परिणाम हेर्ने हो भने मुख्य प्रतिस्पर्धा सत्ता गठबन्धन, एमाले र नेमकिपाबीच हुने देखिन्छ ।

    गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणाम हेर्दा पनि यो क्षेत्रमा तीव्र प्रतिस्पर्धा हुने देखिन्छ । अघिल्लो आमनिर्वाचनमा भक्तपुर २ मा बस्नेतले ६३ हजार एक सय नौ मतमध्ये ३६ हजार चार सय १२ मत पाएका थिए । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दमननाथ ढुंगानाले १८ हजार ६८७ मत पाएका थिए । नेमकिपाकी अनुराधा मगरले पाँच हजार ४७१ मत पाएकी थिइन् ।

    त्यसवेला वाम एकताका कारण पनि बस्नेतलाई सहज थियो । अहिले माओवादी केन्द्र कांग्रेसको पक्षमा छ । साथै, एमालेबाट टुक्रिएको एकीकृत समाजवादी पनि सत्ता गठबन्धनमा रहेकाले यसपटक बस्नेतलाई तनाव थपिएको छ । भक्तपुर २ मा मध्यपुर ठिमी र सूर्यविनायक नगरपालिका पर्छ ।

    यी पालिका राजमार्गसँग जोडिएको तथा नयाँ घना बस्ती भएका पालिका हुन् । ठिमीमा स्थानीय चुनावमा सत्ता गठबन्धनबाट कांग्रेसका सुरेन्द्र श्रेष्ठले १५ हजार ९८ मत ल्याएर विजयी हुँदा एमालेका मदनसुन्दर जगुलु श्रेष्ठले ११ हजार ३५ मत मात्र ल्याएका थिए । सूर्यविनायकमा पनि एमाले र कांग्रेसबीच ठूलो मतान्तर छैन ।

    एमालेका वासु थापाले १४ हजार सात सय ५८ मतले मेयरमा जित्दा कांग्रेसका निशान ढुंगेलले १३ हजार दुई सय ३२ मत ल्याएका थिए । वडाको मतपरिणाम हेर्दा सूर्यविनायकमा १४ हजार पाँच सय १४ मतसहित एमाले अग्रस्थानमा छ भने ११ हजार पाँच सय ७२ मतसहित कांग्रेस दोस्रो स्थान छ ।

    सूर्यविनायकमा कांग्रेस र एमालेबीच मेयरको मत थोरैले फरक रहे पनि मध्यपुर ठिमीका वडाहरूमा भने कांग्रेसको मत धेरै बढी छ । यहाँका नौ वडाका कांग्रेसका वडाध्यक्षले १४ हजार एक सय ९२ मत ल्याएका थिए ।

    एमालेका वडाध्यक्षहरूको कुल मत नौ हजार सात सय ७२ मत थियो । दुई स्थानीय तहमा एमालेले २४ हजार र कांग्रेसले २५ हजारभन्दा बढी मत ल्याएका थिए ।

    यस आधारमा कांग्रेसका थापा कम्फोर्ट जोनमा छन् भने बस्नेत अहिले नै रेडजोनमा छन् । यसमा माओवादी र एकीकृत समाजवादीको मत जोडिएको छैन ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, पौष ११ २०७७०८:००:२६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend